- प्रकाश सायमी
१. पार्क गरेको मोटरसाइकल स्टार्ट गर्दा आफू जाने बाटोतिर पछाडिबाट आएको सवारीलाई हेर्ने वा पर्खने ( तर नेपालका ९९ प्रतिशत मोटरसाइकल चालकले गर्दैनन् । )
२ लेफ्टबाट ओभरटेक नगर्ने ( तर नेपाल लेफ्टिस्ट कन्ट्री भएको हुनाले दुई तिहाई मोसा चालकले गर्ने गर्छन् । )
३ मोसाइकल चलाउँदा मोबाइलको प्रयोग नगर्ने वा कानमा च्यापेर कुम उठाएर टाउको बँग्याएर उपद्रो कुरा गर्दै नहिँड्ने । ( तर मोटरसाइकल र मोबाइलको नातागत सम्बन्ध भएको हुनाले ट्राफिकका गुटियारले अहिलेसम्म यस्तो कारवाही थालेका छैनन् । )
४ मोसा चलाउँदै गर्दा कता जाने थाह नपाइकन पछाडि बस्ने भूतनाथले हात दिएर रोकिहाल्न नहुने । ( तर मोसा चालकको पछाडि बस्ने व्यक्ति भारतीय काँग्रेस आईको चुनाव प्रचारमा हिँडे जस्तो गरी हात चिन्ह देखाउँदै हिँड्छन् । )
५ खाना पुर्याउन हिँडेको मोसा र गर्लफ्रेन्ड पिकअप् गर्न हिँडेका मोसा चालकले जहीँतहीँ घ्याच्च ब्रेक दिएर भ्याट रोक्ने गर्छन् । ( किनकि मोसा भ्याटभ्याटेको नै सन्तान हो । )
६ मोसा चालक आफ्नो वाहनबाट ओर्लेपछि जहाँ पनि हेल्मेट आधा उठाएर बाटो काट्न खोज्छन् । ( हेल्मेट लगाएर बाटोमा हिँड्दा उनीहरु श्रीपेच लगाएको भ्रममा हुन्छन् । )
– सायमी सामाजिक सञ्जालमा लेख्नुहुन्छ।