गौरिकाले दिलाइन् पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण

२०७६ मङ्सिर १९ गते बिहिवार

काठमाण्डौ ( दक्षिण एसियाली खेलकुद ९साग०मा गौरिकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाट स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले व्यक्तिगत २०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन् ।
गौरिकाले निर्धारित दूरी २ मिनेट ०५।०६ सेकेण्डमा पूरा गरिन । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन । उनले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दूरी पूरा गरिन् । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।
दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगततर्फ नेपालले पहिलो स्वर्ण जितेको हो । यसअघि नेपालले पौडीमा टिम इभेन्टमा मात्रै स्वर्ण पदक जितेको थियो ।
गौरिकाले पौडीमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा स्वर्ण पदकको संख्या ३३ पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस