प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दश दिनको उपचारपछि निवास फर्किएका छन् । मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अपरेशन गरिएको थियो । केही दिन आईसीयूमा समेत राखिएको थियो ।
“सबैलाई चिन्ता लागेको थियो, उहाँको आत्मबलले नै छिटो निको हुनुभएको हो,” चिकित्सक डा। अरुण सायमीले पत्रकारहरुसँग भने ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिब्या सिंहले पनि आफूहरुले सोचेको भन्दा छिटो स्वास्थ्यमा सुधार आएको बताइन् । उनका अनुसार प्रधानमन्त्री ओलीको अपरेशनपछि पूर्ण ठिक हुन अझै कम्तिमा दश दिन आराम गर्नुपर्नेछ । “उहाँले केहीदिन आराम गर्नैपर्ने हुन्छ,” डा। सिंहले भनिन् ।
यसैबीच प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभन्दा केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

Loading...

उपचार खर्च २ लाख ५४ हजार ६८८

डिस्चार्जका क्रममा उनले स्वास्थ्यमा सुधार भएकाले घर जान लागेको छोटो प्रतिक्रिया दिएका थिए । यसैबीच प्रधानमन्त्री ओलीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ लागेको जानकारी दिए ।

मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका थिए ।

प्रतिक्रिया दिनुहोस