एउटै दृष्टि, भिन्न कोण

मन्त्रालयमा ब्यापारी राज्यमन्त्रीको रमिता !

२०७६ मङ्सिर २१ गते शनिवार

मन्त्रीमण्डल पुनर्गठनपछि सबैभन्दा बढी ताहुरमाहुर उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले प्रदर्शन गरेका छन् । पदबहालीमा श्रीमतीसहित लिएर गएको होस् वा पत्रिकामा सम्माननीय भनेर बधाइ हाल्न लगाएको बिषयमा होस् सेन्चुरी मसलाका साहु दुगड विवादमै छन । उनले राज्यमन्त्री भएको समेत बिर्सेर मन्त्रालयका सहसचिवदेखि सचिवसम्मलाई यो भएन र ऊ भएन भनेर करकर गर्ने गरेका छन् । उद्योग मन्त्री लेखराज भट्ट हुन् भन्ने पनि बिर्सिएर दुगडले ब्यापारी बोलाउूदै भेटेर सुझाव लिने, यो हुनुप¥यो, त्यो हुनुप¥यो भनेर कर्मचारीलाई बोलाउूदै निर्देशन दिने गरेका छन् । उद्योग मन्त्रालय उद्योगी ब्यापारीको अड्डा होइन, मन्त्रालय हो भन्ने समेत उनले बिर्सिएर मेला लगाउन थालेकोमा कर्मचारी नै वाक्क हुन थालेका छन् ।  Read More

प्रतिक्रिया दिनुहोस