एउटै दृष्टि, भिन्न कोण

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

२०७६ मङ्सिर २४ गते मङ्गलवार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । पहिलो हाफमा भुटानसँग १–१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो । नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो । पहिलो हाफमा बराबरीमा अड्किएको नेपालले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् । १७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो । ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो । नेपाल साग फुटबलको साबिक विजेता हो । भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो । मंगलबारको विजयसँगै नेपालले फुटबलमा लगातार सागमा दुई सिजन स्वर्ण जितेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो । नेपालले लिग चरणको खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको थियो । भुटान साग फुटबलमा पहिलो पटक फाइनल पुगेको हो । उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस