- कुसुम गौतम – गजल
उसले प्रेमको मूर्ति राख्ने मन्दिर बनाउँदै थियो
पिरतीका रङ्गीन थुँगाहरु त्यहाँ चडाउँदै थियो ।
प्रियसीका सुमधुर मुस्कानहरु संगालेर कति !
गजलका पङ्क्तिहरुमा सुरताल मिलाउँदै थियो ।
फूलको परागमा लठ्ठिएको भमरा झैँ हरपल
अधरका पङ्खुडीमा बन्धि भई हराउँदै थियो ।
अबोध छ ऊ,संसारको डरलाग्दो परिवर्तनबाट
घाम- पानीमा संसार रचेर पनि रमाउँदै थियो ।
आज एकलो छ जून आकाशभित्र छेलिएर किन !
उसलाई के थाहा नियतीले जहर पिलाउँदै थियो ।
म्यानमार