एउटै दृष्टि, भिन्न कोण

प्रधानमन्त्रीका सल्लाहकार नै पूर्वमाओवादीलाई ढेंडु भन्छन्

२०७६ मङ्सिर २५ गते बुधवार

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले, ९ डिसेम्वरका दिन कान्तिपुर दैनिकमा प्रकाशित गंगा बिसीको ओली–दाहाल एकत्व शिर्षकको लेख सामाजिक सञ्जालमा शेयर गरे। थापाले उक्त लेखको लिंक शेयर गर्दै, यो पनि लेखे – यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड । एमाले र एमाओवादी चुनावी एकतापछि संसद्मा करिब दुई तिहाइ नजिक सिट जिते । संसद्को निर्वाचनलगत्तै पार्टी एकता भएन । कारण थियो, ओली र प्रचण्डबीच शक्ति बाँडफाँटको संघर्ष । चुनावमा एकता भयो, परिणामपछि संघर्ष । दुई नेताबीच एकता र संघर्ष जारी रह्यो । अन्ततस् संसद् चुनाव भएको करिब ६ महिनापछि पार्टी एकता भयो । अरू सबै काम बाँकी राखेर दुई अध्यक्ष भएको पार्टी भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पूर्वएमालेले ६० प्रतिशत र पूर्वमाओवादीको ४० प्रतिशत बाँडफाँट गरी संसद्को चुनावमा उम्मेदवार तय भएको थियो । त्यही आधारमा पहिलो नम्बरको अध्यक्ष ओली र दोस्रो नम्बरको अध्यक्ष प्रचण्ड हुने सहमति भयो ।

प्रधानमन्त्री सल्लाहकार थापाले फेसबुकमा यो लेख शेयर गरेसँगै, थापा पूर्वमाओवादी खेमाको तारो बने। यो लेख थापाले लेखेका थिएनन्। थापाका आफन्ती नाता पर्ने पत्रकार बिसीले लेखेका हुन्। पत्रकार बिसी प्रचण्डका समाचार लेख्ने पत्रकारहरुको सुचिमा समेत पर्दछन्।
सुर्य थापाको पूर्वमाओबादी तप्काबाट आलोचना सुरु भएसँगै युवा संगठनका संयोजक राम प्रसाद सापकोटाले थापा लक्षित पोस्ट गर्छन् – जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवार बन्ने उरन्ठेउलो हर्कत बन्द गर्ने की ! सापकोटाको पोस्टमा गुरु प्रसाद टिप्पणी गर्दछन् – रत्नपार्कमा सन्ध्या कालिन पत्रीका बेच्ने हैसियतको मान्छेलाई अरु दुइ चार पुरस्कार अनि पाच सात जिम्मेवारी दिन पर्छ हौ कम्रेड एक प्रेस हल्लाकार मात्रले पुगेन ।

थापालाई राम प्रसाद सापकोटा समूहको चर्तिकला मन गदैन र उनी कडा रुपमा प्रस्तुत हुन्छन्। हुनत सुर्य थापा र राम प्रसाद सापकोटा पार्टीभित्र अराजक सदस्यका रुपमा परिचित छन्। फेरि थापा स्टाटस् लेख्छन् – मेरो स्टाटस हो कि अरूको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू? छि. छि. ! मान्छे बन्न कति गा–हो परेको तिनलाई ?

सुर्य थापाले आफुलाई आलोचना गर्नेहरुलाई पक्कै पनि मनुवा मानेका छैनन्। उनीहरुलाई ढेंडुको संज्ञा दिएको स्पस्ट हुन्छ। प्रधानमन्त्रीका सल्लाहकार नै आलोचकलाई मनुवा मान्दैनन् – यो कस्तो अचम्म। थापाले ढेंडुको संज्ञा दिएका राम प्रसाद पनि के कम् फेरि लेख्छन् – तिम्रो भाषा र शैली हेर्दा ३ कक्षा भर्ना गरेर नैतिक शिक्षा पढाउन पर्ने देखियो !

प्रतिक्रिया दिनुहोस