नेपाली राजनीतिमा अलि बढी आशा गरिएका, वैचारिक एवं भिन्नमत राख्न सक्ने नेताका रुपमा चिनिन्छन्, पर्यटन मन्त्री योगेश भट्टराई र कांग्रेस नेता गगन थापा । अर्कातिर सञ्चार कर्म छोडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले पनि पुराना राजनीतिक दलले नेपालको निकास दिन नसक्ने बताउँदै साझा पार्टीको राजनीति गरिरहेका छन् ।
यी तीनैजना व्यक्तित्व नेपाली राजनीतिमा अबको नेतृत्व कस्तो ? भन्ने बहसमा जुटे । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन पोखराको रमणीय फेवा किनारमा यी तीन नेतासँग पत्रकार उमेश चौहानले बहस चलाए । अनलाइनखबर