कलाकारद्वय भट्टराई र क्षत्रीको अन्त्येष्टि, सम्मान स्वरुप सञ्चारमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो । दुवैको अन्तिम संस्कार भने आजै पशुपति आर्यघाटमा एकै समयमा भएको हो ।
कलाकारद्वयलाई श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । सो क्रममा उनले स्वर्गीय भट्टराई र क्षतिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।


यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दुबै कलाकारको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । जहाँ कलाकार, विभिन्न दलका नेता तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए ।

Loading...

शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए ।लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।

उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय गरेका छ ।

यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।

प्रतिक्रिया दिनुहोस