करोडपति सुब्बा र समाजवाद

नवराज कुँवर
सन् १९१७ को रुसी क्रान्तिपछि संसारमा समाजवादको महत्त्व बढ्यो । किनकि, रुसी क्रान्ति कार्ल मार्क्सको सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वसहितको राज्य स्थापना गर्न सकिने विचारको व्यावहारिक प्रयोग थियो ।

क्रान्तिबाट कुनै मुलुक वा समाजमा व्याप्त वर्गीय असमानतालाई मेटाएर समाजवादको स्थापना गर्न सकिने कुरा यसले प्रमाणित गरिदियो ।

Loading...

रुसी क्रान्तिको सफलतापछि विभिन्न राजनीतिक विचारधाराहरूमा अन्तर्राष्ट्रिय स्तरमै समाजवादले सम्मानजनक स्थान पायो ।
कार्ल मार्क्सको समाजवाद भनेको उत्पादनमाथि सामूहिक स्वामित्व एवं अतिरिक्त मूल्य ९नाफा०माथि पनि उत्पादनकर्ताहरूकै स्वामित्व हो ।

सामाजिक, धार्मिक र आर्थिक विभेदलाई मेटाएर समानता र स्वतन्त्रताका आधारमा वर्गविहीन समाजको स्थापना सम्भव रहेको परिकल्पना कालान्तरमा यसका विचारकहरूले गरे ।

केही मानिस समाजवादलाई साम्यवादको पर्याय मान्छन् । तथापि, समाजवादका मूल चिन्तक कार्ल मार्क्सले समाजवादलाई साम्यवादको पहिलो सिँढीका रूपमा व्याख्या गरेका छन् ।
समाजवाद एउटा अन्तरिम स्थिति हो र यसको लक्ष्य साम्यवाद हो । जसअनुसार समाज आफैं स्वशासित हुन्छ र यसमा कुनै राजनीतिक नियन्त्रणको आवश्यकता पर्दैन ।

राज्यले सर्वहारा वर्गको हितमा सबै साधनहरूको उपयोग गर्छ । यही नै साम्यवादको गन्तव्य हो । नर्वे, स्वीडेन, डेनमार्कजस्ता यूरोपेली मुलुकमा प्रजातान्त्रिक पद्धतिद्वारा सामाजिक समाजवाद स्थापित छ ।

नेपाल पनि संविधानतः सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरूप समाजवादउन्मुख अर्थतन्त्रमा अघि बढेको भनिदैछ । हाम्रा नेताले गर्ने कुनै पनि भाषणमा ‘समाजवाद’ भन्ने शब्द छुट्दैन । दलका त कुरै नगरौं ।

राप्रपाबाहेकका सबैले आफूभन्दा समाजवादी दल अर्को हुँदै नभएको ठान्छन् । नेपालका राजनीतिक दलहरूमा देखिएको समाजवादप्रतिको रूझान वास्तवमै आश्चर्यलाग्दो छ ।

२०१२ सालदेखि आफ्नो सिद्धान्तमा समाजवाद थपेको कांग्रेस आफूलाई सबैभन्दा असली समाजवादी दल भएको दाबी गर्छ । कम्युनिस्ट पार्टीहरू आनुवांशिक रूपमै समाजवादी भइहाले ।

माओवाद त्यागेका बाबुराम भट्टराईले त उपेन्द्र यादवसँग मिलेर समाजवादी पार्टी नै बनाएका छन् ।

यी सबै उदाहरण काफी छन् कि नेपालको राजनीतिमा सबै पार्टीले समाजवादको वैशाखी नटेकी सत्तामा पुग्न सकिँदैन भन्ने कुरा राम्रोसँग बुझेका छन् ।
त्यसैले दिशा जता भए पनि भाषण र चुनावी घोषणापत्रमा समाजवाद छुटाउँदैनन् यिनीहरू ।

वास्तवमै हाम्रो पद्धति र कार्यशैली के समाजवादतिर उन्मुख छ त रु हाम्रो नेतृत्व ‘समाजवादको गाडी’ चलाउन योग्य छ रु सरकार र सत्तारुढ पार्टीको बचाउ गर्ने ध्येय नराख्नेबाहेक कसैलाई पनि लाग्दैन कि हामी समाजवादउन्मुख छौं । यहाँसम्म कि समाजवादउन्मुख संविधान बनाउने ‘मान्य’हरू पनि हाम्रो यात्रा समाजवादतिर रहेको ठान्दैनन् ।

वास्तवमै वर्तमान सत्ता र सरकारको भाष्यसार समाजवाद हो । यद्यपि, व्यवहारमा न यसअनुसार दलीय आचरण छ, न समाजवादी अभ्यासको मुकाम नै प्रस्ट छ ।

पछिल्लो पटक मेडिकल कलेजहरूले विद्यार्थीबाट मनपरी शुल्क लिएको घटनाले समाजवादको बाटोमा खाल्डो पारिदियो । यो खाल्डो पुर्न सरकारलाई कम सकस परेन । यस्ता कैयौं खाल्डा छन्, नेपाली समाजवादमा । कति खाल्डा अरुले पारिदिएका छन्, धेरैचाहिँ समाजवादको गाडी चलाउनेहरूले नै पारेका छन् ।

समाजवादको वास्तविक लक्ष्य सुनिश्चित रूपमा मानव विकासलाई लुटपाटको अवस्थाबाट पार लगाउनु हो । संकटको समाधान गर्नु नै समाजवाद हो । अर्थात्, राजनीति र आर्थिक शक्तिको व्यापक केन्द्रीकरण हुने अवस्थामा शासनलाई अति शक्ति सम्पन्न, प्रभुत्वपूर्ण र अहंकारी हुनबाट रोक्नु समाजवादको मर्म हो ।

सामूहिक हितमा बाँच्ने नयाँ समाज निर्माण भए मात्रै समाजवाद आएको भन्न सकिन्छ ।

हाम्रो नेतृत्व वर्गको आचरण, पृष्ठभूमि, कार्यशैली, हाम्रो सामाजिक धरातल, चलन, दिशाले यस्तो खालको समाजवाद यात्राको एकरति भान हुन दिँदैन ।

हालै मात्र सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषदका सदस्य पदम वैदिकले राजीनामा दिए । यद्यपि उनको योजना सफल त हुन पाएन । तर, राजीनामा गरी सर्वोच्च न्यायालयमा छिर्न उनमा देखिएको आत्मविश्वासले पनि समाजवादलाई गिज्यायो । कमिसन र नातावादका आधारमा राजनीतिक नियुक्ति गर्ने दलका नेताहरूकै प्रवृत्तिले वैदिकमा त्यस्तो आत्मबल उब्जाएको हो । र, वैदिक एक्ला पात्र होइनन्, जो समाजवादउन्मुख अर्थतन्त्रमा अघि बढिरहेको मुलुकमा पैसा र पहुँचका आधारमा जेसुकै गर्न सकिने ठान्छन् ।

सत्ताको आडमा नाफा असुल्ने, ऐन–नियम, स्वास्थ्य, शिक्षा, सञ्चार, बैकिङ र यातायातजस्ता अत्यावश्यक क्षेत्रमा कब्जा जमाउने, जताबाट पैसा आउँछ, त्यहाँ परिवार र आफन्तलाई नियुक्त गर्ने, पूर्वाधार विकासमा कमिसन असुल्न ‘डमी’ ठेकेदार उभ्याउने, शिक्षा र स्वास्थ्यमा व्यापार गरिरहेकालाई संरक्षण गर्ने नेताहरूको प्रवृत्तिले वास्तवमा समाजवादको भद्दा मजाक उडाएको छ ।

वर्गहीन समाजको परिकल्पना गर्ने ‘सर्वहारा वर्गका नेता’ पारदर्शी आर्जनबिना शाही भोगविलास गरिरहेका छन् । सामाजिक कल्याणका झिनामसिना कार्यक्रम घोषणा गर्दा शहरका भित्तादेखि बिजुलीका पोलसम्म सत्ताप्रमुखको तस्वीर झुण्ड्याएर देवत्वकरण गरिएको दृश्य हामीले बेला(बेला देखिरहेकै छौं ।

अखबारका पानाहरू ‘करोडपति सुब्बा’जस्ता हेडलाइनले पोतिएका छन् । ‘सुब्बा’ पद एउटा प्रतिनिधि मात्रै हो, यस्ता धेरै पद, पात्र र प्रवृत्ति छन्, जसले हाम्रो समाजको धरातल प्रस्ट्याउँछन् । र, समाजवादतिर जाने बाटोमा पर्खाल ठड्याउँछन् ।

मासिक रूपमा ३२ हजार कमाउने सुब्बाहरू करोडपति हुने मुलुकमा कारखानामा गलैंचा बुन्ने, खोला किनारामा गिट्टी कुट्ने, भारी बोकेर जीवन चलाउने, गरिब किसानसम्म मार्क्सको समाजकल्याण नीतिको मर्म कार्यान्वयन होला भनेर पत्याउने मसिनो आधार देखाउन सक्छन् हाम्रा राजनीतिक दलले रु समाज दलाल पुँजीवादमा दिनानुदिन जकडिँदै गएको छ र यसको कारण समाजवादका चालकहरू नै भएको यथार्थ सङ्लो पानीमा देखिने वस्तु आकृतिजस्तै छर्लङ्ग छ ।

अवसर र श्रमको उचित मूल्य नपाएर मुलुकबाट युवाशक्ति विदेश पलायन हुने क्रम रोकिएको छैन । देशमा चाहिँ ‘समृद्धिबाटै समाजवाद’को भाषण भइरहेको छ ।

वास्तवमा कस्तो समृद्धि रु कुन समाजवाद रु कति वर्ष लाग्छ समाजवादको बाटो पहिल्याउन रु यसको ठोस सिद्धान्त, नीति तथा राजनीतिक दृष्टिकोण के हो रु कांग्रेसको समाजवाद के हो रु नेकपाको समाजवाद के हो रु स्पष्ट पार्न नसक्नुले नै हाम्रा राजनीतिक दलले समाजवादलाई ‘भोटकार्ड’का रूपमा प्रयोग गरिरहेको पुष्टि गर्छ । त्यसैले युवा वर्ग नेपालमा भविष्य अन्योल हुने निचोडमा पुगेर विदेशिइरहेका छन् ।

आज कार्ल मार्क्स जिउँदो हुन्थे भने नेपालमा आफ्नो ‘वाद’को प्रयोग देखेर कति दुःखी हुन्थे होलान् रु कल्पना गर्दा पनि आश्चर्य लाग्छ ।

प्रतिक्रिया दिनुहोस