एउटै दृष्टि, भिन्न कोण

मान्नुस् मान्छे कहिले बद्लिन सकेन

२०७६ पुष ५ गते शनिवार
  • प्रकाश सायमी

समय बद्लिएको सत्य हो तर मान्छे बद्लिएको छैन । जस्तो उदाहरणको लागि ,
कोही भन्ने गर्छन् ,
“म त्यतिवेला महिनाको ७५ रुपैयाँ कमाउँथे , त्यतिवेलाको ७५ भनेको आजको ७ हजार बराबर हो । पैसाको भाऊ कति फरक भइसक्यो । ”
कोही भन्छन् ,
“त्यतिवेला दुईटा आलु उसिन्यो भने दिनभरिलाई खाजा हुन्थ्यो । अहिलेको जस्तो आलु हो र ? “
कोही बाटोको कुरा गर्छन् ,
“त्यतिवेला रातिको ११ बजेर हिँडेर देउराली पुगिन्थ्यो । अहिलेको जस्तो बाटो हो र , त्यो बेलाको सुनसान बाटो , न मोटर न बत्ती । तर हिँडिन्थ्यो । ”
सबै कुरा पहिलेको र अहिलेको फरक भो , पैसा , खानेकुरा , बाटो, यातायात । तर कसैले यसो त भन्दैन ,
“त्यो वेला मेरो एउटा साथी थियो , जापानी । अहिलेको जापानी हो र त्यो बेलाको । १२ फिट अग्लो हुन्थ्यो ।
मान्नुस् मान्छे कहिले बद्लिन सकेन । “

 

प्रतिक्रिया दिनुहोस