चलचित्र ‘नन्दी’ को पोष्टर सार्वजनिक

डोटेली भाषाको चलचित्र ‘नन्दी’को पोष्टर सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सो चलचित्रको छायांकन भएको हो । चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता विनोद बोहराले जानकारी दिए । पुस पन्ध्रमा पहिलो ट्रेलर युट्टुब मार्फत रिलिज हुने फिल्मका निर्माता तथा अभिनेता विनोद बोहराले बताए । भगवान् श्रीरामका पूर्व राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उनले बताए ।

सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भएकोे चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहेका छन् । त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रमा अभिनेत्रीहरू एलिसा चाड र मनीषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र संगम, बिशाल चौधरी लगायतका कलाकारहरूको सहभागिता रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस