एउटै दृष्टि, भिन्न कोण

वैशाखै प्यारो लाग्छ !

२०७६ पुष १५ गते मङ्गलवार
  • भवानी अधिकारी 

हो भोलि मेरो घरको
कैलेण्डर फेरिन्छ ।
हाम्रा क्रिया कलाप
सबै नै फेरिन्छन ।
तर मेरो नव वर्ष
मलाई वैशाख नै लाग्छ ।
नयाँ फुलेका फुलहरू
चिरबिराई रहेका चरा
हरियाली हँसिली पृथ्वी
लटरम्म फुले फलेका वृक्षहरु
न्यानो सुस्त वतास
कोयलीको मधुर धुन
सबै सबैले मलाई
वैशाखै प्यारो लाग्छ
भोलि त मेरो कैलेण्डर मात्र फेरिन्छ ।
हाम्रो नव वर्ष त मलाई
वैशाखै हो
वैशाख नै प्यारो लाग्छ ।

प्रतिक्रिया दिनुहोस