- कैलाश पौड्याल
यौटा छ दीयो,दीनमा बलेको
तेलमा डुबी बाती,त्यसै गलेको
निथ्रुक्क भिजी कन,थोपा पानी
आफै सिंउँदैछ त जिन्दगानी।
दीयो भने ,भाषा त हाम्रो जानौ
बाती माने,व्यवञ्जन स्वर मानौ
ढल्दै गयो है, बिन श्राप जानी
आफै सिंउँदैछ त जिन्दगानी।
चम्काउँदैछन् जन,अन्य देशमा
हाम्रो यो भाषाकन,बिन क्लेशमा
फुटिरहन्छौ किनरु तुक्ष्य ठानी
आफै सिंउँदैछ त जिन्दगानी।
छोडेकाहौं या ,छोडीएको शान
प्रकास तममा, डगिदैन जान
लुटिरहेछन् ,पुरूखा को खानी
आफै सिंउँदैछ त जिन्दगानी।
माछोभई ,तड्पनु किनर ? प्यासमा
मूल्नै स्वयं हौ, नबसौं है आशमा
कम्मर कसाई,अब चॉडो जागौं
संस्कार संस्कृत ,मिली सब, समालौ।