उखु किसानलाई राजपाको ज्याकेट

२०७६ पुष १७ गते बिहिवार

काठमाडौं । आन्दोलनरत उखु किसानलाई ज्याकेट प्रदान गरिएको छ ।
क्लोथ बैंक धनुषा र राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य अनिल महासेठको पहलमा आन्दोलनरत उखु किसानलाई ज्याकेट प्रदान गरिएको हो ।
चिनी मिलले ३ वर्षदेखि भुक्तानी नदिएको भन्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानलाई २५ थान ज्याकेट प्रदान गरिएको राजपाका केन्द्रीय सदस्य अनिल महासेठले जानकारी दिनुभएको छ ।
उखु किसानको करिब १० करोड भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनीका सञ्चालक राकेश अग्रवाल खोज्दै सर्लाहीका उखु किसान काठमाडौं आई आन्दोलनमा उत्रिएका छन् ।
उखु किसान आन्दोलनको नेतृत्व गरिरहेका राजपाका सह(महासचिव राकेश मिश्राले किसानको माग पूरा भएन भने अवस्था भयावाह हुने बताउनुभएको छ । मिश्राले नेपाल कृषि प्रधान मुलुक हो तर यहाँ कृषिलाई नै यसरी उपेक्षा सरकारले गरेको छ जुन एकदम दुर्भाग्यपूर्ण छ । किसानको समयमै सम्बन्धित निकायले पूरा गरेन भने अवस्था एक्दम भयबह हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस