साझा सद्भाव समुह पालघर-बइसर समिति गठन

मुम्बई । साझा सद्भाव समूह भारत, महाराष्ट्र–गुजराज संयुक्त राज्य समिति अन्तर्गत पर्ने पालघर–बइसर नगर समिति गठन भएको छ । साझा सद्भाव समुह भारतका केन्द्रीय समिति सदस्य मीनराज शर्मा प्रमुख अतिथि, महाराष्ट्र–गुजराज संयुक्त राज्य समिति सह–संयोजक एकेन्द्र बोहरा, राज्य समिति सदस्य करन मलाती बिशेष अतिथि रहेको उक्त भेलाले ३ सदस्य पछि थप्ने गरी १२ सदस्य नगर समिति गठन गरेको साझा सद्भाव समुह भारत, महाराष्ट्र–गुजराज राज्य समितिले जनाएको छ ।

नगर समितिको संयोजकमा सचिन शर्मा चयन भएका छन् । सह–संयोजकमा विकास सिंग विक, सचिवमा एकेन्द्र कुमाल, सह–सचिव एकेन्द्र थापा, कोषाध्यक्षमा शक्ति बोहरा, सदस्यहरुमा दिपक बोहरा, सुरत केसी, बहादुर बोगटी, नरेन्द्र बुढा, नैन सिंग टमट्टा, चन्द्र परियार र लक्ष्मी शर्मा चुनिनुभएको छ ।

Loading...

उक्त समितिको सल्लाहकारमा हरिप्रसाद जोशी रहनुभएको, महाराष्ट्र–गुजराज संयुक्त राज्य समिति सह–संयोजक एकेन्द्र बोहराले जानकारी दिनुभयो । साझा सद्भाव समुह भारतले संगठन बिस्तार अभियानलाई तिब्रता दिएको साझा सद्भाव समुह भारतका केन्द्रीय संयोजक गंगाप्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस