परमाणु सम्झौताबाट बाहिरियो इरान, ठूलो युद्धको संकेत

इरान । सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा इरान र अमेरिकासहितका शक्ति राष्ट्रबीच परमाणु सम्झौता भएको थियो ।

Loading...

सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने र अमेरिकासहितका देशले उसमाथिको प्रतिबन्ध हटाउँदै लैजाने सहमति भएको थियो । अमेरिकी हवाई आक्रमणमा इरानी उच्च सैन्य अधिकारी कासिम सुलेमानीको मृत्यु भएसँगै इरान र अमेरिकाबीचको सम्बन्ध पुनः चिसिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए । अहिले इरानले गरेको घोषणापछि सन् २०१५ मा मध्यपूर्वमा स्थायित्व र शान्ति स्थापना गर्ने भन्दै गरिएको सम्झौताको औपचारिक अवशान भएको ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस