प्रचण्डको प्रस्तावले नेकपामा तरंग : गौतम निवासमा ‘गोप्य’

काठमाडौं । सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको ‘गोप्य’ जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । भैंसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए ।
नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग परामर्श गरेर उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली र उनी पक्षघर भनी चिनिएका नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् । सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् ।
छलफल सभामुख चयन र एमसीसीमा केन्द्रित भएको स्रोतले जनायो । यसअघि २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा त्यस्तै गोप्य छलफल गरेका थिए । त्यस बेला ओलीविरुद्ध ध्रुवीकरणका लागि छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो ।
‘सभामुख छाड्नैपर्ने हो भने तपाईं ९ओली० प्रधानमन्त्री छाडेर कार्यकारी अध्यक्ष भइ पार्टी चलाउनुस्, म प्रधानमन्त्री हुन्छु ।’ भनेर ओली समक्ष प्रस्ताव राखेको प्रचण्डले जमघटमा ब्रिफिङ गर्नुभएको हो । अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस