सुदूरपश्चिमका ७ पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात भएपछि जनजिवन कष्टर बनेको छ । हिमपातले पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दर्चुला, बझाङको सडक अवरुद्ध भएको छ ।
डडेल्धुराको भिमदत्त राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्डे, मेलखर्क, डोटीको गैर, घण्टेश्वरलगायतका स्थानमा भारी हिमपतालका कारण यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले बताउनुभयो ।अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ । बिहीबार बिहान २ बजेबाट शुरु भएको हिमपात अहिले पनि जारी छ ।
अधिकांश विद्यालयले हिउँदे बिदा दिई विद्यालय बन्द गरिसकेका छन् । अवरुद्ध सडक सुचारु गर्न स्थानीय तहका डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगाएर खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस