स्ववियु निर्वाचन कुनै पनि हालतमा हुन्छ : काबा अध्यक्ष कार्की

माघ १९, भक्तपुर ।नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सानोठिमी क्याम्पस आगामी फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।

Loading...

आज क्याम्पसमा कक्षा कमिटीका अध्यक्षहरु सँग छलफल गर्दै सबैलाई निर्वाचनमा जुट्न अनुरोध गरेको हो । नेविसंघको केन्द्रिय समिति पनि गठन भईसकेको अबस्थामा अब स्ववियु निर्वाचन केहि दिन सरे पनि कुनै पनि हालतमा हुने र अन्यत्र क्याम्पसमा निर्वाचन गराउन नसके पनि सानोठिमी क्याम्पस भने निर्वाचन गराई छाड्ने नेविसंघ सानोठिमी क्याम्पस इकाईका कार्यबाहक अध्यक्ष यङजोर कार्कीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले तोकेको स्ववियु निर्वाचनको मिति फागुन १४ गतेलाई स्वागत गर्दै उनले भने हाम्रो क्याम्पसमा निर्वाचन अवस्य हुन्छ तपाइहरु माझबाट नै उम्मेदवार छनौट हुने हो त्यसको लागि तयारी गर्न उनले सबैलाई अनुरोध गरे ।

छलफल कार्यक्रममा वर्तमान स्ववियु सचिव, प्रत्येक कक्षा कमिटीका अध्यक्ष र इकाई सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस