काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणी पौडेल र जग्गा किनेका नेकपा महाससचिव विष्णु पौडेलका छोरलाई कारबाही गर्न माग गर्दै विशाल प्रर्दशन भएको छ ।
नेविसंघको नेतृत्वमा कांग्रेसको भातृसंगठनले प्रर्दशन गरेका हुन् । उनीहरुले बालुवाटार जग्गा प्रकरणको मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आस्थाको आधारमा विभेद गरेको भन्दै प्रदर्शन गरेको हुन्।
बुधबार अख्तियारले कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध करोडौं बिगो माग दाबीसहित जेल सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आन्दोलित नेविसंघसहितका कांग्रेस भातृसंगठनले गच्छदार मन्त्री हुँदा बखतका प्रधानमन्त्रीलाई पनि कारबाही गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गरेको हो ।