बिष्णु जोशी (अमेरिका)
लोकतंत्रमा खुट्टा भए जुत्ता कति कति …
फेरी उनै नेता कसरी आउँछन् जिती ??
लोकतांत्रिक धार भन्ने पार्टी व्यक्तिवादी ,
कमरेडको दलाल र भ्रस्ट बचाउ नीति
फेरी उनै नेता कसरी आउँछन् जिती ??
काण्डै-काण्डमा दुई वर्ष खेर गए,
अरु ३ वर्ष जालान् विवादमैं बिती
फेरी उनै नेता कसरी आउँछन् जिती ??
कोही आफ्नै छान्ने, कोही जुत्ताले हान्ने,
हाम्रा छाडी राम्रा नछानी बदलीन्न बेथीति
फेरी उनै नेता कसरी आउँछन् जीती ??
