एउटै दृष्टि, भिन्न कोण

यी हुन् राष्ट्रियसभाका १९ सांसद, जसको आज कार्यकाल सकिँदैछ, को–को परे ? (नामवली सहित)

२०७६ फाल्गुन २० गते मङ्गलवार

काठमाडौं । राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिने छ।

राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।

आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।

त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।

राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि आजै सकिँदैछ । समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।

भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।

प्रतिक्रिया दिनुहोस