प्रचण्डका कमान्डर नै कांग्रेसमा प्रबेश

काठमाडौं । मुलुकमा चलेको १० वर्षे युद्धको नेतृत्व लिएका तत्कालीन नेकपा माओवादीका सर्वाेच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डका पूर्व कम्पनी सहकमान्डर अशोककुमार राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा सोलुखुम्बुका नेतासमेत रहेका राई कांग्रेसमा प्रवेश गरेका हुन् ।

Loading...

नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी सदस्यता प्रदान गरी राई कांग्रेसमा प्रवेश गराएका हुन् । सोही कार्यक्रममा सोलुखुम्बुको सोताङका राई तत्कालीन माओवादी नेतृत्वमा भएको सशस्त्र युद्धमा संलग्न भई प्रचण्डसँगै भूमिगत राजनीतिमा सहभागी भएको जानकारी दिइएको हो ।

सोही क्रममा कांग्रेसमा प्रवेश गर्नुको कारण खुलाउँदै राईले मुलुकमा देशमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हुँदा पनि जनताले अपेक्षाअनुसार नतिजा देख्न नपाएको र इतिहासकै धेरै भ्रष्टाचार भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस