एउटै दृष्टि, भिन्न कोण

सुनसान सडकमा विदेशीको होली

२०७६ फाल्गुन २६ गते सोमवार

काठमाडौँ। विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको कारण त्रासमा छन् । सँधैजसो विदेशी पर्यटकको ओहोरदोहोरले व्यस्त रहने पोखरा लेकसाइड आजाभोली सुनसान छ । सोमबार अर्थात फागुन शुक्ल अष्टमीको दिन फागुपर्व ९होली० । फागु पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । रंगहरुको पर्वमा पनि लेकसाइड बेरंगिन बनेको छ । विगतका वर्षहरुमा रंग दल्दै शुभेच्छा साट्दै होली मनाउँदै आएका पोखरेलीहरु यो होलीमा भने त्यति खुलेर रंगिएनन् ।

एकाध बाहेक कसैले पनि रंगिन चाहेनन् । तर, फरक संस्कृति र भिन्न परिवेशका विदेशी पर्यटकले भने मज्जैले होली मनाएका छन् । सुनसान सडकमा निस्केर उनीहरुले होली मनाए । बाटोमा हिँड्ने कोही रंगीन चाहनेलाई पनि उनीहरुले रंगाई दिए । पोखरेलीहरु रंगीन नचाहे पनि विदेशीहरु भने मज्जैले रंगिएका छन् । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस