एउटै दृष्टि, भिन्न कोण

नेताका देखिने र नदेखिने अनुहार

२०७६ चैत्र १ गते शनिवार
  • जगत नेपाल

जीवनको दुई दशक नेताका भाषण सुनेर र तिनैको समाचार बनाउँदैमा बित्यो । तर, पनि धेरै नेताको असली अनुहार चिन्न सकिन । चाल चलन बुझ्न सकिएन ।
केही वर्षअघि एउटा जमघटमा नेताहरुको भनाइ र काम बारे चर्चा हुँदै थियो ।
साढे दुई दशकअघि म गाउँबाट पढ्न भर्खर काठमाडौं आएका बेला रातो रंगको हिरो होन्डा मोटरसाइकल चढाएर सहरका गल्ली घुमाउने दाइ टुप्लुक्क आइपुगे । व्यापारिक पृष्ठभूमिका उनले विगत डेढ दशकमा राम्रै कमाइ गरेको बताए । छलफलमा भाग लिँदै उनले भन्न थाले – भाइ कैयौं वर्ष त मैले पनि नेता चिन्न सकिन ।
ढिलै गरेर भए पनि नचिनेको भए यति बेला सांसद हुनसक्ने थिइन होला । लामो समय भ्रममा बाँचियो । बिहान बेलुका तिनका घर आगन कति चहारियो कति रु भेट्न पाउने होइन १ घण्टौं कुर्दा पनि नेताजी व्यस्त । आलिसन महल कम्पाउन्डभित्र कार्यकर्ता भेट्न बनाइएका छाप्रामा गाउँबाट आएका मजस्ता कैयौ कार्यकर्ता घन्टौं कुरेर बसेका हुन्थे । मोजा गह्नाएर हैरान । तै पनि नेता भेट्न पाएको होइन रु बीचबीचमा टाई सुट लगाएका मानिसहरु धमाधम नेताजीको बेडरुमसम्मै पुगेर फर्किएको देखिन्थ्यो । को होलान् ती रु ठूलै मान्छे त होलान् नि १ आउनासाथ भेट्न पाइहाल्छन् भन्ने लाग्थ्यो ।
बल्लतल्ल नेताजी भेट्न पाउँदा साक्षात भगवानकै दर्शन भएजस्तो लाग्ने । मानौ सबै समस्याको हल उनै हुन् । धेरैपछिमात्र उनीहरुका देखिने र नदेखिने अनुहार पढ्न सक्ने भए । चिल्लो सुटकेस बोकेका टाई सुटधारीमध्ये धेरै त बिचौलिया पो हुँदा रहेछन् । नेता किनेर राजनीति र व्यापारमा सफलताको शिखर चुम्न हिडेका । समय फेिरयो । नेता भेट्न घन्टौं कुर्ने म आफैँ विभिन्न कामको सिलसिलामा सबैजसो पार्टीका नेतासँग ‘विजनेस डिल’ गर्ने हैसियतमा पुगेँ । करौडौंको सम्पत्ति जोडेँ । सांसद पनि भए । मौका आए मन्त्री हुन्छु ।
हिजो नेताजी भेट्न मसँगै घन्टौं गुजार्ने धेरै साथी अझै त्यही भ्रममै होलान् । तिनलाई आफ्ना नेता के गर्छन् भन्ने थाहा पनि छैन होला । आज म उनीहरुको अनुहार पढ्छु, विगत सम्झन्छु । मनमनै लाग्छ । म पनि उही भ्रममा बाँचेको भए उनीहरुसँगै गह्नाउने मोजा सुँघेर अहिलेसम्म नेताजीको प्रतीक्षा गरिरहेको हुन्थेँ होला ?
राजनीति किन गरेको ? भन्ने प्रश्नमा अहिलेका प्रायः नेता भन्ने गर्छन् – जोगी हुन कसैले राजनीति गर्छ रु
तथ्यले पनि त्यही देखाउँछ । करौडौंको भ्रष्टाचार र अनियमितता भएका समाचार पढिरहँदा लाग्छ सत्तामा पुगेपछि जीवनभरको लगानी उठाउनुपर्छ भन्ने संस्कारले राजनीतिमा जरो गाडिसकेको छ ।
आफूमाथि नक्कली मोही खडा गरेर सरकारी जग्गा वितरण गरेको आरोप लागेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद्मा बहालवालासहित सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गर्दै प्रश्न गरे । गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए रु हिजो अरुले दिएको लुगा र चप्पल लगाएर हिड्ने मलगायत हामी कसरी ‘सुटेड बुटेड’ भयौँ रु अहिले देखिएको दृश्य कमाइबाट कसैको काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन ।
पूर्वप्रधानमन्त्री भट्टराईका यी प्रश्नको जवाफ दिनसक्ने नैतिक धरातल नेतृत्वमा देखिँदैन रु नेतृत्व वर्गमा निष्ठा, इमानदारी र देश तथा जनताप्रति उत्तरदायित्वबोध हुँदो हो त तेत्तीस किलो सुन, वाईडबडी, यती, सेक्युरिटी प्रेस र फोरजीलगायतका कैयौं काण्ड यसै सेलाउने थिएनन् ।
यी सबै प्रकरणमा सत्ता र विपक्षी दुवै मौन प्रायः छन् । किन रु
राजनीतिमा बेइमानमात्र छन् भन्ने होइन । इमानदारको आवाज कमजोर भएकाले लोकतन्त्रमाथि बादल लागेको चाहिँ हो ।
बेइमानी गरेर पनि सत्ताको सिँढी उक्लिन र नेताको पगरी लगाउन सम्भव छ । तर, दुनियामा राजनेताको सम्मान चाहि कुनै बेइमानले पाएको छैन । यो आलेख पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा केन्द्रित छ ।
नित्य गीता वाचन गर्ने भट्टराईले त्यसैको सार ‘कर्म गर फलको आश नगर’कै शैलीमा जीवन यापन गरे । विसं २०६० सालको प्रारम्भमा कान्तिपुर टेलिभिजनका लागि लगातार तीन दिन भट्टराईको अन्तर्वार्ता रेकर्ड गर्ने क्रममा लेखकलाई पनि उनकै मुखबाट गीता पाठ सुन्ने अवसर मिलेको थियो ।
उमेरले म ‘गधा पच्चीसे’ समूहमा थिए । ‘‘ ए वावु १ हैन, यो बजार कति महंगो भएको हो रु म त मासुभात खानसमेत नसक्ने भएँ । दुई दुईपटक मुलुकको प्रधानमन्त्री भइसकेका भट्टराईको यस्तो भनाइले मेरो दिमाग नै हल्लाई दियो ।
साच्चै बूढाले मासु खान पाएनन् कि भन्ने ठाने । केही बेरको रेकर्डिङ पछि सेतो तन्ना लगाएको बेडमा बसेर उनी गीता पाठ गर्न थाले । हामी पत्रकारबाहेक त्यो पाठ सुन्नेमा पूर्वसांसद मैयाँदेवी श्रेष्ठ पनि थिइन् । एक अध्याय सकिएपछि श्रेष्ठले भट्टराईलाई प्रणाम गरिन् । अनि एक हजारको नोट दक्षिणासमेत दिइन् ।
प्रशन्न मुद्रामा भट्टराईले भने – मैयाँदेवी जस्ता भक्त नभएको भए म त भोकै मर्थेँ होला ?
अविवाहित नेता भट्टराईले राणा शासन हुँदै गणतन्त्रसम्म आइपुग्दा सात दशक मुलुक र प्रजातन्त्रको पक्षमा संघर्ष गरे । तर, कहिल्यै कहिँ कतै घरबार र सम्पत्ति जोडेनन् । न त, उनको कुनै बैंक खाता नै थियो ।
मुलुकको पहिलो निर्वाचित संसद्का सभामुख भट्टराई राजाले २०१७ साल पुस १ गते ‘कु’ गरपछिे थुनामा परे । तर, उनी बीपी र गणेशमान सिंहभन्दा एक वर्ष बढी जेल बसे । पार्टीका कार्यकारी अध्यक्ष सुवर्णशमशेर राणाले नेपाली कांग्रेसले ‘प्रजातन्त्रका लागि राजालाई सहयोग गर्ने’ भन्दै जारी गरेको वक्तव्यमा सर्मथन गरेर उनका नेता ९बीपी र गणेशमान० छुटेका थिए । तर, भट्टराईले सुवर्णको वक्तव्यमा सहमति जनाएनन्, बरु जेलमै रमाए । विसं २०४६ सालको जनआन्दोलन सफल भएपछि व्यवस्थापिका र कार्यपालिकाको समेत अधिकार लिएर अन्तरिम प्रधानमन्त्री बनेका भट्टराई नेपालमात्र होइन अन्तर्राष्ट्रिय सञ्चार जगतमा समेत उत्तिकै चर्चित बने ।
कारण थियो, देशको प्रधानमन्त्री छाता, पानी राख्ने माटाको सुराही र टिनको एउटा बाकस लिएर सरकारी निवास सरे भन्ने खवर ।
एक वर्षको बीचमा प्रजातान्त्रिक संविधान बनाएर उनले संसद्को निर्वाचन सम्पन्न गराए । तर, त्यत्रो आन्दोलनबाट आएका प्रधानमन्त्री स्वयं त्यो निर्वाचनमा पराजित भए ।
भट्टराई निकट कांग्रेस नेता राजेन्द्र खरेलले त्यस सन्दर्भमा लेखकलाई सुनाए – दरबार र भारत दुबै उहाँलाई हराउने अभियानमा रहेछन् । हाम्रो चाहिँ तयारी नै भएन । म स्वयं किसुनजीको क्षेत्रको (वानेश्वर) मानिस । काभ्रेमा टिकट दिनु भयो । दुई हजार जति कांग्रेसी मसँग उतै गए । म चुनाव लड्न नगएको भए पनि उहा“ नहार्ने । जुन दिन किसुनजी हार्नुभयो । बेस्सरी रक्सी पिएँ । पा“च सात दिन पिएरै बसँे । अनिमात्र उहा“लाई भेट्न गए । बडो चिन्ता मानेर बस्नुभएको रहेछ । हारेपछि पनि किसुनजीले आफ्नो नियतिलाई दोष दिनुभयो ।
आफ्नै नेतृत्वमा भएको चुनाव हारेर भए पनि उनले प्रजातन्त्रलाई जिताए । अनि सत्ता हस्तान्तरण गरेर एक वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार जाँदाकै छाता, सुराही र ट्याङका (बाकस) लिएर बेदाग फर्किए ।
प्रत्युत्पन्नमति ‘सेन्स आफ ह्युमर’का धनी भट्टराई भन्ने गर्थे खरिदार सुब्बाले बीसपचास रुपैँया चिया खर्च माग्नु भ्रष्टाचार होइन ।
उनै भट्टराई मदन भण्डारीको मृत्युपछि पनि उपचुनावमा खडा भए । तर पार्टीभित्रको घात अन्तर्घात समेतको कारणले चुनाव हारे ।
विसं २०५६ सालको चुनावअघि सांसदहरुकै क्रियाकलापले संसदीय व्यवस्था बदनाम भएको थियो । जनप्रतिनिधिहले भन्सार छुटमा महँगा गाडी ९पजेरो, प्राडो० लिएको, छ छ महिनामा सरकार गठन र विघटन हुँदा सांसदहरु खसी बोकाझैँ खरिदविक्री भएको जस्ता घटनाले राजनीति दुर्गन्धित बनेको थियो । नेताप्रति जनतामा विश्वास गुमेको त्यो समयमा भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर कांग्रेसले चुनावी अभियान चलाई रहँदा उनले एउटा टेलिभिजन अन्तर्वार्तामा भनिदिए – रक्सी खाने पैसा जुटाउन म सांसद हुन चाहन्छु । तत्कालीन राजनीतिमाथि भट्टराईको त्यो व्यङग्यलाई लिएर विपक्षी खेमाबाट उनको तीव्र आलोचना भैरहेको थियो ।
त्यही बेला नेपाल डिस्टिलरीका मालिक विजय शाहले भनेका थिए – किसुनजीलाई रक्सी खान पनि कही पैसाको अभाव हुन्छ र रु उहाँले चाहनु भयो भने खान त के हामी स्वीमिङ पुल (नुहाउने) नै बनाई दिन्छौँ ।
भट्टराईको नेतृत्वमा कांग्रेसले बहुमत पायो । उनी प्रधानमन्त्री बने । तर, नौ महिना पुग्दा नपुग्दै उनलाई सत्ताच्युत गरियो । आफ्नै नाममा मत मागेर जितेपछि अपमानजनकरुपमा हटाइँदासमेत उनले संसद् भंग गरेनन् । बरु संसद्मा मर्मस्पर्शी भाषण दिएर राजीनामा गरिदिए ।
कसैप्रति बदलाभाव देखाएनन् । सामान्य जीवन यापन गर्न थाले ।
त्यहीताका म अझै सय वर्ष बाँच्छु र एकपटक प्रधानमन्त्री पनि बन्छु भन्ने भट्टराईको अभिव्यक्तिले निक्कै चर्चा पाएको थियो । त्यस्तैमा उनलाई भेट्ने मौका मिल्यो । ती दिन उनी राम्ररी खुट्टा टेक्न सक्तैनथे । भैँसेपाटीस्थित निवास कम्पाउन्डभित्र सहयोगीहरुको सहाराले केही फेरा लगाएपछि उनलाई बोकेर माथिल्लो तलाको बेडरुममा लैजानु पथ्र्यो । त्यस दिन सेतो तन्ना लगाएको खाटमा बसेर पानको बट्टा तानिरहेका बेला मैले सोधिँहाले – किसुनजी तपाईँले म सय वर्ष बाँच्छु र फेरि प्रधानमन्त्री पनि हुन्छु भन्नु भएको छ । साँच्चै फेरि प्रधानमन्त्री हुने इच्छा छ ?
मुसुक्क हाँसेर उनले भने – ए बाबु, तपाईँलाई नेपालको राजनीति र वास्तविकता थाहा छैन । म फेरि शक्तिमा आउँदैन भन्ने थाहा पाए भने यी स्वार्थीहरु कोही पनि भेट्न आउँदैनन् । बरु प्रधानमन्त्री हुन्छ भन्दियो । त्यही भ्रममा चाकरी गर्नेहरुको कमी त हुँदैन ।
त्यसपछि एकैपटक भट्टराईसँग भेटभयो उनको जन्मदिन मनाउने कार्यक्रमका सिलसिलामा ललीतपुर स्थित भट्टराई ९सरकारी० आश्रममा जहाँ उनले जीवनका अन्तिम दिन बिताए ।
उनी आश्रममा रहँदाकै कुरा हो नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको सिद्धान्त छोडेर गणतन्त्रमा जाने निर्णय लियो । आफैँ संस्थापक रहेको पार्टीको गणतन्त्रमा जाने निर्णय भट्टराईले स्वीकार गरेनन् । बरु पार्टी नै परित्याग गरे र एक्लै बस्न रुचाए ।
नेता बेदाग रही रहन उनको टोली र सहयोगी हातमात्र होइन कार्यकर्ता पंक्तिको पनि उत्तिकै योगदान आवश्यक छ ।
किसुनजीलाई राजनेता बनाउन त्याग गर्ने धेरै कार्यकर्तामध्ये एक थिए राजेन्द्र खरेल । खरेलले लेखकलाई सुनाए – किसुनजीलाई के परेछ कुन्नि एक दिन बोलाएर भन्नुभयो । राजेन्द्रजी तपाईले मेरो लागि धेरै दुख गर्नुभएको छ । मैले तपाइँका लागि केही गर्न सकिन । भारत भ्रमणमा जाँदा त्यहा“का प्रधानमन्त्रीले पान राख्ने यो सुनको वट्टा दिएका छन् । तपाईँ यसलाई राख्नुस् । केही दिनसम्म त किसुनजीको चिनो हुन्छ भनेर मैले त्यो बट्टा राखेँ । त्यसपछिका हरेक रात सुत्नै सकिन । म जीवित रहँदासम्म त राखौँला । भोलि छोरानातिले बाँडेर वा बेचेर खान्छन् । राष्ट्रिय नासो नाश हुन्छ भनेर फिर्ता गरिदिएँ ।
खरेल भन्दै गए – किसुनजीले यो घटना सुनाउँदै राजा वीरेन्द्रसँग भन्नु भएछ । सरकार मेरो कार्यकर्तालाई दिएको राख्न मानेनन् । यसलाई म्युजियममा राख्दा के होला रु त्यतिबेला दरबारबाहेक कुनै प्रधानमन्त्रीको सामान म्युजियममा राख्ने चलन नै रहेनछ । पछि त्यो बट्टा कहा“ पुग्यो के भयो थाहा भएन । कमसेकम मैले फोटो खिचेर राखेको भए पनि सम्झना बाँकी रहन्थ्यो । खिचिन । त्यतातिर दिमाग पनि गएन ।
राजनेता हुने हो भने आफू इमानदार भएर पुग्दैन कार्यकर्ता पनि छान्न सक्नुपर्छ । त्यसैले त इतिहासमा कति नेता आए गए तिनको लेखाजोखा नै छैन तर सिद्धान्तबमोजिम जीवनयापन गर्ने बेदाग देशभक्त राजनेताका रुपमा किसुनजीलाई इतिहासले सम्झिरहेको छ ।
बाह्रखरीबाट

प्रतिक्रिया दिनुहोस