कोभिड १९ इमर्जेन्सी फन्डु बनाउने प्रस्ताव, भारतले १ करोड डलर हाल्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटसँग जुझ्न दक्षिण एसिया स्तरको ‘कोभिड(१९ इमर्जेन्सी फन्ड’ स्थापनाका लागि प्रस्तावित गरेका छन्। यो कोषमा भारतले तत्कालै १ करोड अमेरिकी डलरको लगानी गर्ने भन्दै क्षेत्रका नेताहरूलाइ आआफ्नो तबरबाट स्वेच्छिक लगानीका लागि आह्वान गरे। आइतबार सार्कका नेताहरूसँगका भिडियो कन्फ्रेन्समा उनले यो कोषका रकम क्षेत्रका जुनसुकै मुलुकले पनि आवश्यकताअनुसार प्रयोग गर्न सक्ने बताए।

प्रतिक्रिया दिनुहोस