रोनाल्डो युभेन्टसमै रहने

एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सले थप दुई वर्ष क्लबमै राख्ने प्रयास गरेको छ ।
क्लबसँग २०२२ सम्मका लागि रोनाल्डोको सम्झौता रहे पनि अझै थप दुईको सम्झौता गर्ने प्रयास गरेको जनाइएको छ । क्लबले रोनाल्डोलाई ३९ वर्षको उमेरमा २०२३–२४ को सिजन खेल्दै इटालीमा अन्तिम सिजन बनाउन चाहेको बताएको छ । रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट चार वर्षका लागि युभेन्ट्स पुगेका थिए ।
युभेन्ट्सले १९९६ पछि हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसैले क्लबले रोनाल्डोलाई च्याम्पियनस लिगका लागि भए पनि थप दुई वर्ष युभेन्टसमै राख्न चाहेको बताएको छ ।
रोनाल्डोले जारी सिजनमा सिरी ‘ए’ का २२ खेलमा २१ गोल गरेका छन् । उनले सबै खाले ३२ खेलमा २५ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस