कति पर्छ कमेडी च्याम्पियन हिमेशले पाएको ड्याटसन गाडीलाई ?

काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याटसन रेडी गो १.० एल गाडी हस्तान्तरण गरेको छ ।

Loading...

पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत १ गते ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याटसन रेडी गो १.० एल गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । ड्याटसन रेडी गो १.० एल नेपाली बजारमा उपलब्ध इन्ट्री लेभलको गाडी हो । यसमा १.० लिटरको इन्टेलिजेन्ट इन्जिन रहेको छ ।

यसमा क्विक कुल एसी, डे टाइम रनिङ लाइट, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, ईएएस अर्थात इनर्जी एब्जर्बिङ स्टेयरिङ र एयरब्याग, सेन्ट्रल लकिङ सिष्टम र रिमोट कि आदि सुविधा उपलब्ध छन् ।

हाल ड्याटसनको यो गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस