एउटै दृष्टि, भिन्न कोण

के यिनीहरूको आफ्नै सरकार छ – नेतृ रामकुमारी झाँक्री?

२०७७ बैशाख ४ गते बिहिवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी युवा नेतृ रामकुमारी झाँक्रीले सरकारलाई मजदुरको समस्या समाधान नगरेकोप्रति आक्रोष पोखेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन् –

मौसमी मजदूरी गर्न आफ्नै देश भित्र अर्को जिल्ला पुगेका मजदूरहरू हप्तौ लगाएर आफ्नो घर तर्फ फर्कदैछन। केही लेख्नै पर्दैन तस्विर आफै बोल्छ।

फेरी पनि मेरो प्रश्न ?
के यिनीहरूको राज्य छ ?
के यिनीहरूको आफ्नै सरकार छर ?
के यिनीहरूको मजदूरको आफ्नै मजदूर संगठन छ ?
सायद छैन।

सरकारको दायीत्व लकडाउन गरेर मात्र पुरा हुन्छ की यस्तो सकसको ब्यवस्थापन पनिरु के यो ब्यवस्थापन गर्न नसकिने मुद्दा हो ? बस।

प्रतिक्रिया दिनुहोस