एउटै दृष्टि, भिन्न कोण

यो कविता तिम्रो नामको !

२०७७ बैशाख ४ गते बिहिवार
  • लक्ष्मण पौड्याल

उषा:को प्रात कालमा
किरणका नौला ज्योतीहरूले
भविष्यको निर्माण गरे जस्दै
आज मपनि एउटा कापी लिएर
स्वच्छ वातावरण माथि
अनेकौँ वेदनाहरू पोख्दै छु।

मैले त्यो दिनबाट कलम चिन्न थालेको हुँ
जुन दिन तिमीले भनेकी थियौ
मलाई शब्दहरूसंग बग्न सारै मन पर्छ
अझ भन्नु पर्दा मलाई कविता झन् मन पर्छ
हो मैले त्यसै दिनबाट मनमा उब्जिएका
ती अमिला र तीता वेदनाहरू
तिम्रो भावनामा पोख्न थालेको

मलाई तिमी मन पर्थ्यो
तर ! आज तिमी भित्र भएका ती विचारहरूपनि
एक्कासी मन पर्न थालेको छ
अब भन्नु भने तिमी विश्वास गर्दिनौ होला
मैले लेखेका हरेक कविता माथि
तिम्रो नामको शिर्षक दिएर
कतिलाई बताई सकेको छु
यहाँ छिन् मेरी प्रेमी भनेर
मलाई त्यसो गर्दा ज्यादै खुसी लाग्थ्यो।

आज बाध्यताले भनौँ या सम्झनाले भनौँ
फेरि लेख्दै छु कविता
तिम्रो नामको शिर्षक दिएर
तिम्रो नामको उपमा दिएर
तर चित्त नबुझ्दो कुरा यो छ कि
तिमीपनि यसरी नै सम्झिन्छौ या सम्झिनौ मलाई
प्रत्येक शब्दहरू भित्र
नियालेर हेर्छौ या त हेर्दिनौ मलाई

मैले भुलि सकेको थिएँ
शब्दहरूसंग बग्न
तर आज धेरै वर्षपछि
जिन्दगीको प्यास मेट्न भनौँ
या त तिमीलाई समेट्न भनौँ
यस्तै यस्तै वेदनामा
कोर्दै छु फेरि कविता
तिम्रो नामको शिर्षक दिएर।

प्रतिक्रिया दिनुहोस