एउटै दृष्टि, भिन्न कोण

कोरोनाबाट विश्वकै सबैभन्दा कम उमेरकी बालिकाको निधन

२०७७ बैशाख ४ गते बिहिवार

कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा कम उमेरकी एक बालिकाले फिलिपिन्समा ज्यान गुमाएकी छिन्। फिलिपिन्सका स्वास्थ्य प्रमुख मारिया रोसारियो भेर्गेइरीले जनाएअनुसार जन्मिएको २९ दिनमा कोभिड–१९ संक्रमणबाट उनकाे निधन भएको हाे। ‘बाटान्गासमा कोभिड–१९ को संक्रमणबाट २९ दिने बच्चाकाे निधन भएकाे छ,’ भेर्गेईरीले भनेका छन्। उनलाई श्वास फेर्न निकै गाह्रो परेपछि अक्सिजन दिन मुखबाट पाइप प्रवेश गराइएको थियो।

यही उनलाई इन्फेक्सन पनि देखियो। निधन हुँदा उनको शरीरको थुप्रै अंगले काम गर्न छोडेको बताइएको छ।

यसअघि अप्रिल ६ मा सबैभन्दा कान्छो कोरोना संक्रमित अमेरिकाको लुसियाना राज्यमा फेला परेको दावी गरिएको थियो। ७ महिनामै जन्मिएको बच्चालाई जन्मिएको भोलि पल्ट कोरोनाका कारण निधन भएकाे दावी गरिएको थियो। आमालाई छुट्टै वार्डमा राखेर कोरोना संक्रमणको उपचार गरेका कारण पनि बच्चामा सरेको चिकित्सकले दावी गरेका थिए। तर, निधनपछि आएको टेस्टमा ती बालिकाको शरीरमा कोरोनाको संक्रमण देखिएको थिएन।

प्रतिक्रिया दिनुहोस