भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न ‘लकडाउन’ लागु गरेपछि शहरहरूबाट गाउँतिर पुगेका हजारौँ मानिसहरु क्वारेन्टाइनबाट भाग्न थालेका छन् ।
उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्का भवनहरूमा क्वारन्टाइन बनाइएको थियो । तर शहरबाट आएका मानिसहरु गाउँतिर भाग्न थालेका हुन् ।
तर त्यस्ता क्वारेन्टाइनमा सामान्य खालका सुविधाहरु पनि नभएको भन्दै विरोध भइरहेको थियो ।
बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि नि:शुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ ।