एउटै दृष्टि, भिन्न कोण

भारतमा अलपत्र नेपालीको उद्दार गर्न सर्वोच्चको आदेश

२०७७ बैशाख ४ गते बिहिवार

सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीको उद्दार गर्न आदेश दिएको छ । अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सर्वोच्चले आदेश दिएको हो ।

अधिवक्ता सोमप्रसाद लुइृटेलले दायर गरेको रिट निवेदनको बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।

भारत र अरब राष्ट्रमा कोरोना भाइरस संक्रमण फैलिएपछि रोजगारीमा गएका नेपालीहरुको रोजगारी खोसिएपछि अलपत्र अवस्थामा परेका छन् । भारतमा बीसौं हजार नेपाली अलपत्र परेका छन् । कतिपय नेपाली हिंड्दैहिंडदै नेपालमा आइरहेका छन् । अरब राष्ट्र कतार, साउदीअरब, यूएई, बहराइन, मलेसियामा दसौं लाख नेपाली कार्यरत छन् । उनीहरुलाई ती देशमा काम गरिरहेका कतिपय कम्पनीले निकालिसकेपछि जोखिममा परेका छन् । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले उक्त आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस