एउटै दृष्टि, भिन्न कोण

पीडितहरुको गुनासो – रोगले भन्दा भोकले मरिन्छ कि !

२०७७ बैशाख ४ गते बिहिवार
  • बलबहादुर जयगडी

कोभिड–१९ को रोकथामलाई नियन्त्रण गर्न भारत सरकारले २१ दिनको लकडाउनलाई अझ निरन्तर दिए संगै प्रवास भारतका विभिन्न ठाउँबाट समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीहरुको समस्या पनि दिनप्रतिदिन निरन्तर बढ्दै गएको छ।

रोगले भन्दा भोकले मरिन्छ कि – भन्ने पीडित दाजुभाइहरुका गुनासोहरु सूनिन्छ। हुना त पहिलो लकडाउनको समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीको उद्धारमा प्रवासका विभिन्न संघ–संगठनहरु, पेशा व्यावसायिक, बुद्धिजीवी, समाजसेवी, मनोपकारी भावनाका ब्यक्तित्वहरु दिनरात अनवरत रूपमा आआफ्नो ठाउँबाट महत्त्वपूर्ण सहयोग र योगदान गरेर अहिलेसम्मको समस्यालाई हरेक माध्यमबाट सक्दो सहयोग गरिरहेका छन्।

नेपाल सरकारले यी संघ–संगठन र समाजसेविलाइ उच्च मुल्यांकन गर्ला या नगर्ला तर हामी प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरुले उहाँको उच्च कदर र मुल्यांकन गर्नुपर्छ र उहाँको योगदानलाई हामीले कहिलै पनि भुल्न हुदैन। यहीँ हो धर्म – यहीँ हो मानवता, जय मानवता – दोस्रो लकडाउन संगै समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीको समस्या बाहिरिने क्रममा महाराष्ट्र भारत पुनाको मुकाइ चोक पुना – मुम्बई हाइवे नजिक देउरोडमा रहेका दाजुभाइ तथा दिदीबहिनीको पीडा यस्तो छ।

प्रतिक्रिया दिनुहोस