एउटै दृष्टि, भिन्न कोण

युरोपमा कोरोनाबाट ९० हजार बढीको मृत्यु

२०७७ बैशाख ५ गते शुक्रवार

एजेन्सी । युरोपमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । एएफपीका अनुसार बिहीबारसम्म युरोपभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९० हजार १ सय भन्दा बढी भइसकेको छ।यो संख्या विश्वका कुल मृतकसंख्याको ६५ प्रतिशतभन्दा बढी हो।विश्वमा हालसम्म कोरोनाबाट एक लाख ४५ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको तथ्यांक छ । युरोपमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। त्यहाँ हालसम्म २२ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ । इटालीपछि सबैभन्दा धेरै मृत्यु हुने देशमा स्पेन(१९,३१५), फ्रान्स(१७,९२०) र ब्रेटनमा(१३,७२९) रहेका छन्। यसैगरी विश्वको कुल संक्रमित संख्या २१ लाख ८२ हजार ५८ पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस