एउटै दृष्टि, भिन्न कोण

संकटमा पनि भ्रष्टाचार – वाह नेकपा सरकार…

२०७७ बैशाख ५ गते शुक्रवार
  • टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको अनुहार पनि हेर्दैनन्। नपत्याएर केहिदिन अघि सम्पन्न मन्त्रिपरिषद्को बैठकमा खिचिएको फोटो हेरे पुग्छ। उक्त बैठकमा अन्य मन्त्रीहरुले अनुहार छोपेका छन् भने प्रधानमन्त्री ओली खुला छन्।

प्रधानमन्त्री ओलीलाई राम्रोसँग थाहा छ – को–को भ्रष्टाचारी र अमानबीय स्वभाबका मनुष्यहरु आफ्ना काखैमा खेलिरहेका छन्। तरपनि, ओलीलाई ती मानिसहरु बोक्नुपर्ने बाध्यता छ।

सरकारमा सहभागी मन्त्री प्रदिपकुमार ज्ञवाली र बसन्तकुमार नेम्बाङ बाहेक अन्य मन्त्रीहरुको छबि कतैपनि राम्रो छैन। चरेस काण्डदेखि तस्करसम्मको साथ दिने मन्त्रीहरु भ्रष्टाचारीको अनुहार समेत नहेर्ने ओलीकै भागमा परेका छन्।

प्रधानमन्त्रीकै सारथी समेत गतिला देखिएनन्। ओलीकै घरमा बसेर ओलीकै सरकार बदनाम बनाउने गोकुल बाँस्कोटादेखि संकटको समयमा समेत भ्रष्टाचार गरेको आरोप लागेका भानुभक्त ढकालसम्म प्रधानमन्त्री ओलीकै खल्तीका पात्र हुन्।

विश्ब कोरोना महामारीबाट रोइरहेको छ। देश संकटमा छ, तर आशा गरिएका प्रधानमन्त्री ओलीका सहयोगी पात्रहरु नै पैँसामै राल चुहाएका छन्। वाह… नेकपा सरकार?

प्रतिक्रिया दिनुहोस