रातको ९ः३० बजेको छ । स्थान चाहिँ मित्रपार्क चोक । सिमसिम पानीमा भिज्दै बालबालीका सहित करिव ३० जनाको समूह रोल्पा पैदल यात्रामा निस्केको छ । आफूहरु उपत्यका बाहिर इटाभट्टामा काम गर्ने मजदुर रहेको कुराकानीको क्रममा उनीहरुले बताए । सोध्दै थिए यहाँबाट कलंकी जाने बाटो कुन हो ?
साधारण म्याट बोकेका महिला र केही पाका व्यक्तिहरु पनि टोलीमा थिए । साहूले पैसा नदिएको, भोकले मर्नु भन्दा पैदल भए पनि घर जाँदै गरेको उनीहरुको गुनासो थियो ।
बिचरा श्रमीकहरुको भोट के का लागि ? ७ सय ६१ वटा सरकार के का लागि ? जी टु जी सामाग्री खरिदको नाममा सेनालाई जिम्वेवारी के का लागि ?
कृपया सुरक्षा प्रशासन लगाउँ , पैदल यात्रुलाई घर पुराउ । संकटमै हो तिम्रो आवश्यक्ता सरकार । गरिव पनि मान्छे हुन् , श्रमिक पनि मान्छे हुन् ।
पुनश्चः उनीहरुको दुःख देखेर तस्विर लिने आँट आएन ।
स्रोत: Roman Acharya को फेसबुकबाट