एउटै दृष्टि, भिन्न कोण

अमेरिकामा लकडाउनविरुद्ध बन्दुक बोकेर प्रदर्शन गर्नेलाई ट्रम्पकाे समर्थन

२०७७ बैशाख ६ गते शनिवार

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् ।

तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस