एउटै दृष्टि, भिन्न कोण

साझा पार्टीको सहप्रवक्तामा शरदराज पाठक नियुक्त

२०७७ बैशाख ७ गते आइतवार

साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई सहप्रवक्ता नियुक्त गरेको छ। उनले गत तीन वर्षदेखि प्रवक्ताको जिम्मेवारी निभाउँदै आएका डा सूर्यराज आचार्यलाई सहयोग गर्नेछन्।

नीति विभागको प्रमुखका रूपमा डा आचार्यले पार्टीको नीतिपत्रहरूको निर्माणमा ध्यान केन्द्रीत गर्नेछन्। ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्रकाे संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।

उनी गत संघीय निर्वाचनमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेदवार थिए।

प्रतिक्रिया दिनुहोस