एउटै दृष्टि, भिन्न कोण

मन्त्री बर्षमानले बस चढाएका मजदूरले २५ सय बस भाडा तिरेको गुनासो

२०७७ बैशाख ९ गते मङ्गलवार

मन्त्री वर्षमान पुनले लकडाउनमा अलपत्र परेका रोल्पामा श्रमिकहरुलाई बस चढाएर गृहजिल्ला पठाएको समाचारले खुब् स्थान पायो, मन्त्री सहिता सेल्फिहरु समेत फेसबुकमा निकै भाइरल भए। मन्त्री पुनको यो काम राम्रो नै थियो तर बस चढेका मजदूरहरुले बस भाडा तिरेका गुनासाहरुले भने रोल्पालीहरुको मन देखेको छ।

मन्त्रीले अलपत्र नागरिकलाई गरेको राम्रो काम भन्दै प्रचार गरिएको एकदिन नपुग्दै मजदूरहरुको समेत गुनासो बाहिर आएको छ। माउन्टेन टाइगर मगर नाम गरेका फेसबुक प्रयोकर्ताले फेसबुकमा रोल्पा गुप्रमा यसो लेखेका – काठमाडौं देखि रोल्पा समम अलपत्र मजदूरको उद्धार त भयो तर काठमाडौं देखि रोल्पा सम्म को भादा रु २५०० लिएका छन् – यो सरासर अन्याय भएन र ? मजदूरहरुलाई पैसा नहुदा उद्धार त भयो तर यस्तो बिपतमा बढि भाडा लिने सवारीलाई के गर्छ सरकार – उनको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस