एउटै दृष्टि, भिन्न कोण

सांसद जयपुरी घर्तीद्वारा इँटाभट्टामा काम गर्ने ७८ रोल्पालीलाई राहत

२०७७ बैशाख ९ गते मङ्गलवार

नेकपा सांसद जयपुरी घर्तीले इँटाभट्टामा काम गर्ने श्रमिकलाई राहत वितरण गरेकी छिन् । प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति समेत रहेकी घर्तीले भक्तपुर र ललितपुरका विभिन्न स्थानका इँटाभट्टामा पुगेर ३ सय राल्पाली श्रमिकसँग भेटघाट गरेकी छिन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्–‘अहिले लकडाउनका बेला सबैतिर धेरै मजदुरहर समस्यामा छन् । उनीहरुको पीडा देख्न सकिन् । आज बिहानैदेखि अहिले बेलुकासम्म ललितपुरका विभिन्न इँटाभट्टाहरुमा पुगेर ३ सय बढी मजदुरहरुलाई भेटेँ । उनीहरुको अवस्था के कस्तो छ बुझेँ ।  खान बस्नका लागि धेरै समस्या भएका ७८ जनालाई त्यही पसल खोल्न लगाएर चामल, दाल, तेल किनेर दिएकी छु ।’

केही स्थानबाहेक अन्य ठाउँमा स्थानीय जनप्रतिनिधीले श्रमिकहरुलाई खान वस्नको राम्रो व्यवस्था गरेको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस