एउटै दृष्टि, भिन्न कोण

हामीले दुरदर्शिता राख्न सक्नु पर्ने अवस्था छ

२०७७ बैशाख १० गते बुधवार
  • प्रा डा युवराज संग्राैला

नाओमि क्लेइन एक्जना उत्कृष्ट अर्थशास्त्र बिश्लेशक हुन। उन्ले “दि सक डाक्टर” भन्ने अत्यन्त ससक्त किताब एक दसक अगाडि नै लेखेकी थिइन। यी “सक डाक्टर भनेका मिल्टन फ्रीडमेन एक जना मनोबैज्ञानिक चिकित्सक क्याम्रोन भन्ने ब्यक्ति हुन।” माक्गील युनिभर्सिटीमा क्याम्रोन नामका एक मनोचिकित्सक कसरी “बिजुलीको सकद्वारा मानिसको सोचप्रणालीको आयाम बदल्ने” भनी सिआइएको सहयोगमा अनुसन्धान गर्दै थिए, तेस क्रममा उन्ले धेरै बिमारिको जीवन बर्बाद गरे। उन्ले उपचारका नाममा यातना प्रयोग गरे। उन्लाइ सिआइएले यातनाको साबित गराउने बिधि पत्ता लगाउन यो काम गराएको थियो। उता सिकागो बिश्वबिद्धालय स्कुल अफ इकोनोमिक्स मा मिल्टन फ्रीडमेन भनिने अर्थशास्त्री कसरी बजारलाई हस्तक्षेप रहित स्वतन्त्र बनाउने र अर्थतन्त्रलाई निजीकरण गर्ने भनी गहन अनुसन्धान गर्दै थिए। मानिसको सोचाइको आयाम बदल्न (ब्रेनवाशिङ्ग गर्न) बिजुलीको सक दिनु पर्छ भन्ने कुरा क्याम्रोनले पत्ता लगाए र उन्ले यसकालागि सयौं आफना पसेन्टको जिन्दगी बर्बाद गरे, तर अमेरिकी सरकारले क्याम्रोनलाई कारबाही गरेन। उल्टै यस यातनालाई बिज्ञान भनेर तारिफ गरियो।

उता जनताप्रति उत्तरदाइ सरकार “कर्पोरेसनको अधिनमा हुनु पर्छ, र “राज्यले आफ्ना सम्पती पनि ब्यापारीलाई दिनु पर्छ भन्ने” मिल्टनले जब समाजमा संकट निर्माण हुन्छ, ठिक तेहि समयमा आर्थिक नितिहरुमा एकाएक/आमुल परिवर्तन गर्ने बैकल्पिक नीतिहरु लागू गर्नु पर्छ भन्दै, बजारको पुर्ण अनियमन, निजीकरण र सामाजिक सुर्कक्षामा पुर्ण कटौती गर्नु पर्छ भन्ने सिद्धान्त प्रस्तावित गरे। यस्तो संकटलाई अवसर बनाएर गरिने आमूल परिबर्तनलाई मिल्टनले “इकोनोमिक सक” भने, नाओमिले लेखेकी छिन। यी दुई डाक्टरका सिद्धान्तले हामीलाई नेपालको अहिलेको समस्या बुझ्न मद्दत गर्छ्न। यी दुई “डाक्टर”ले संसारमा गरिबहरु माथी अत्याधिक ज्यादा अत्याचार गरे, नाओमिले भनेकी छ्न।

१. क्याम्रोनको “सक थेरापी” र मिल्टनको “इकोनोमिक सक” एउटै समयमा आयका सिद्धान्त हुन, र दुबैको उद्देश्य पथभ्रष्ट भएका अनैतिक ठुलठुला कर्पोरेसनका हितमा मात्र काम गर्ने पुजिंबादका पक्षमा, अरु सबै बिचारधारालाई समाप्त गर्नु थियो। मार्क्सको बैज्ञानिक समाजवाद र केयनेसको बिकासबाद यी दुबैले गरेका अनुसन्धानका प्रहारका केन्द्र थिए। मिल्टन निक्सनलाई प्रभावित पारेर र उन्को असीमित बजार स्वतन्त्रताको कार्यक्रम लागुगर्न चाहान्थे, तर निक्सनले उन्लाइ मान्याता दिएनन। तेसैले मिल्टनले निक्सनलाई समाजबादी भएको आरोप लगाए र उनी कतै न कतै पैदा हुने राजनितिक संकट पर्खिरहेका थिए।

२. तेसैबेला इन्डोनेसियामा सुकार्नोको लोकप्रिय गारिबहरुको पक्षधर सत्ता ढालेर जनरल सुहार्तोलाई सत्ताधिन बनाउन सिआइए अनेक कसरत गरिरहेको थियो। अन्ततः सुकार्नोको सत्ता अपधस्त गरेर इन्डोनेसियामा मानिसको आमहत्या सुरु भयो। मारिनुपर्ने मानिसको नाम सिआइएले दिएको थियो, नाओमि, नोम चोमस्की, क्याथी कादाने र अन्य थुप्रैले लेखेका छ्न। यो हत्यामा भुमिका खेलेको सिआइएले इन्डोनेसियाको अनुभव प्रयोग गर्दै चिलिको लोकतान्त्रिक सरकारका रास्ट्रपति साल्बाडोर आलान्डे को सत्ता ढाल्न जनरल पिनोचेलाई समर्थन गर्यो। यो दिन सेप्टेम्बर ११, १९७३ थियो। यसलाइ नोम चोमस्कीले पहिलो ९/११ को घटना भनेका छ्न, जस्ले ल्याटिन अमेरिकामा पहिला आतंकबादको शुरु गर्यो, राज्यका तर्फबाट चोमस्कि भन्छ्न।

३. आलान्डेको सरकार अपधस्त गरेपछि पछि, पहिला चिली पुग्ने दुई समुह मध्ये क्याम्रोनको “सक थेरापी” प्रयोग गर्ने सिआइए प्रशिक्षित यातानादिने मानिस र मिल्टनले प्रशिक्षित गरेका चिलिका अर्थशाश्त्रका बिद्यार्थी थिए, जस्लाइ “सिकागो ब्वाइज” भन्ने गरिन्छ। दुबैको उदेश्य “सक थेरापी” लागु गर्नु थियो। दुबैले जोडतोडका साथ अफ्ना ज्ञान प्रयोग गरे। इन्डोनेशियामा पनि यीनै “सक थेरापी” लागू गरिएको थियो। यहाँ सुहार्तोले बर्क्लेमा पढ्ने युवा इन्डोनेसियाली बिद्यार्थीहरु बोलाएका थिए। यिनिहरुलाई “बर्क्ले माफिया” भनिन्थ्यो, नाओमि भन्छिन।

४. चिलीमा क्याम्रोनका चेलाहरुले सयौं ठाउँमा यातना सिबिर बनाएर हजारौं मानिसलाई यातना दिए। ३२०० को हत्या गरे। बिजुलीको “सक लगाएर मानिसलाई केही सोच्न नसक्ने बनाए। केयनेसको बिकासबादका समर्थक (जस्को निक्सनले पनि प्रयोग गरेका थिए) र समाजबादका पक्षधरको दिमाग बिजुलीको सकद्वारा समाप्त पार्न खोजियो। सिकागो ब्वाइजले, ब्यापारीलाई लगाइएको कर खारेज गरे, स्कुल र अस्पताल निजिकरण गरे, सामाजिक सुर्कक्षाका कार्यक्रममाथिको लगानी बन्द गरे। रास्ट्रका उद्योग र ब्यबसायहरु लिलाम गरे। इन्डोनेसियामा बर्क्ले माफियाले पनि यसै गरे। यसरी गरिब र कर्पोरेटिस्ट पुजिंबादका बिरोधिहरुको सर्बानास गरे। नवउदारवाद र सैनिक तनाशाहीका बिचमा “बिबाह सम्पन्न” भयो। इन्डोनेसिया, चिली, उरुग्बे, अर्जेन्टिना, ब्राजिल, ग्वाटेमाला सबै ठाउँमा सैनिक तानाशाहिको जन्म भयो, नवउदारवाद पनि पनि लागू भयो, ठुलठुला कर्पोरेसनहरु ल्याटिन अमेरिकामा निर्बाध शोषण गर्न पनि पाए। बिरोधिलाई क्याम्रोनको सक थेरापीले काम गर्यो।

५. इन्डोनेसियामा सुकार्नोले अन्तरास्ट्रिय मुद्राकोष र बिश्वबैंकका कार्यक्रम बन्दगरि वाविन्ङ्ग्टन फिर्ता पठाएका थिए। आलान्डेले इन्टरनेसनल टेलिफोन र टेलिग्राफ, र चिलीको तामा खानीमा एकाधिकार जमाएको अमेरिकन कम्पनीलाई राष्ट्रियकरण गर्ने योजना घोषणा गरेका थिए। सुकार्नो र आलान्डे दुबै केयन्सेनियन थिए, मार्क्सवादी होइन। उनिहरु लोकतन्त्र र सामाजिक बिकासलाई उन्न्त बनाउन सफल भएका थिए, जस्लाइ किसिन्जरले “डर्टी भाइरस” भनेका थिए। तेस समयको ल्याटिन अमेरिका युरोप जस्तै देखिन्थ्यो भनी नाओमिले लेखेकी छिन। स्कुल सार्बजनिक थिए। युनिभर्सिटी सार्बजनिक थिए। गरिब र श्रमीकका छोराछोरी विश्वबिधालय जान पाए। अस्पताल सार्बजनिक थिए। तर जब मिल्टनको “नवउदारबादी सक र क्याम्रोनको बिजुली सक” शुरु भयो, चिलीको अर्थतन्त्र ध्वस्त भयो। ३०, ००० मानिस बेपत्ता पारिए। इन्डोनेसियामा दसलाख मानिसको हत्या भयो।

६. मानव अधिकार यी देशहरुमा रोहिरह्यो। तर मानव अधिकारबादीले ति गरीबको खोजी गरेनन। मानव अधिकारका कुरा गर्ने सस्थांलाई पनि सिआइएले लगानी गरेको हुदों रहेछ, नाओमिले लेखेकी छ्न। जे होस नवउदारवाद र सैनिक तानाशाहको राम्रो संयोजन मिल्ने रहेछ, तेस्बेला मानव अधिकारको खोजी नहुने रहेछ। स्पेनको एउटा अदालतले पिनोचे लाई पक्रीने वारेन्ट जारी गर्यो। तर पिनोचेलाई बेलाएतमा हाउस एरेस्टमा राखेर बेलायतले संरक्षण गर्यो। मार्गरेट थ्याचर र पिनोचे राम्रा मित्र थिए। थ्याचर लोकतान्त्रिक थिइन, पिनोचे सैनिक तानाशाह। तर दुबैको बिस्वास एउटै थियो–नवउदारवाद। अमेरिकी बुद्धिजीवी कारोथेसले लेखेका छ्न, “अमेरीका लोकतन्त्रलाई आफ्नो स्वार्थ र सुरक्षासङ्ग जोडेर हेर्छ, अत आफ्ना प्रमुख स्वार्थहरु सङ्ग असंगत भए लोकतन्त्रको प्रबर्द्धनमा अमेरीकाको चासो हुँदैन।” तेसैले, सउदि अरब अमेरीकाको मित्र हो। तर तामा खानी रास्ट्रीयकरण गर्ने चिलीको समर्थन गर्नु पर्ने कारण उसलाई रहेन, भलै त्यो लोकतन्त्र थियो। अर्थात बजार स्वतन्त्रता भयो भने लोकतन्त्र नभए पनि हुन्छ। त्यसैले कासिमलाई अपधस्त गरि सद्दामलाई ल्याइएको थियो। जब उस्ले तेलमा आफ्नो अधीन जनाउन खोज्यो उस्लाइ पनि समाप्त गरियो।

६. हिजो बि पि लाई अपधस्त गर्दा किन पश्चिमी शक्ति खासगरी अमेरीकाले आपती गरेन? किनभने बि पि समाजबादी थिए। २०४८ साल पछी “एनआरएन” ठिट्टाहरु अर्थमन्त्री हुन आइपुगे। एकाएक चिया बिकास निगम देखि छाला जुत्ता कार्खाना बेचिए। गोकर्ण रिसोर्ट र तारागाउं बिकास समितिको जमिन होटललाई दिइयो। कागज कार्खाना पनि लिलाम गरियो। यसो नगरी अरब र मलेसियामा काम्दार पठाउन संभब थिएन। मानिसलाई बेरोजगार पार्न नेपालका उद्योग समाप्त पारिए। सन १९८८ देखि १९९६ सम्म नेपालमा औधोगिक बिकासदर १६% थियो। तर २००२ मा आइपुग्दा माइनस ४% मा झरयो। शिक्षा निजीकरण भयो। स्वास्थ निजीकरण भयो। यसप्रती आपती गर्ने मदन भन्डारी मारिए। गणेशमान बि पि बादी थिए, तेसैले लखेटिए। काङ्ग्रेसमा समाजवाद सकियो, गैरसरकारीवालाले मार्क्सवादी पनि सिध्याए। मज्दुर संगठन गैरसरकारी संस्थामा परिणत भए। सन २००३ पछी इराकको तेलमा अमेरिका र ब्रीटिस कर्पोरेसनहरुको पुर्ण अधीन कायम भयो। १७०० निजि सुरक्षा कम्पनीहरु र अनकौं कपोरेसनले अरबमा कामगर्ने मौका पाए। अहिले हाम्रा युवाहरु यिनै कम्पनी र अरु पश्चिमी कम्पनीमा काम गर्छ्न। हेर्दा उनीहरु अरब गएका छ्न, तर यथार्थमा उनिहरु नवउदारबादले शोषण गरेका उतिबेला उपनिबेशले प्रयोग गरेका दास जस्तै बनाइएका छ्न। उनीहरुको पेन्सन छैन। उनीहरु बेरोजगार हुँदा पाल्ने सुरक्षा प्रणाली पनि छैन।उनीहरुको रगत र पसिना बगेको छ, यता जमिन सबै बांझा छ्न। हामीलाई गोकर्ण बिस्टलाई किन निकालेको होला, यी त राम्रो काम गर्दै थिए भन्ने लाग्थ्यो। तर यिन्ले दुइटा गलत काम गरे। एउटा, यिन्ले सरकारले ती बिदेश गएका मज्दुरको संरक्षण गर्न खोजेको देखाए। त्यो मलेसिया र अरबका पश्चिमी कर्पोरेसनलाई मन्जुर थिएन।

यसैबेला यिन्ले सामाजिक सुरक्षाको कार्यक्रम अगाडि ल्याए। यी यस्ता कार्यक्रम नवउदारबादलाइ मन पर्दैनन भन्ने बिस्टले थाह नै पाएनन। उता कृषि मन्त्री “चक्लाबन्दी” नभएर कृषिको आधुनिकिकरण हुन नसक्ने भयो भन्दै हुनुहुन्छ। चक्लाबन्दि गरेर ठुलठुला फार्म बनाएपछि त किसानको ठूलो बिकास हुन्छ भन्ने उहांलाइ लागेको छ। तर चक्लाबन्दी भएपछि आधुनिकिकरण गर्न त गरीब सङ्ग पैसा हुँदैन। तब किसान सबै सकिन्छ्न। गरिब सकिएपछि त गरिबी सकियो नि।यो नवसाम्यबादको सिद्धांत हो कि! किसानलाई अहिले चाहिएको कुरा आधुनीक खेतीगर्ने सीप र ज्ञान हो। उस्ले राम्रो बीउ चिन्नु पर्छ। उस्ले बर्खाको पानी अहाल खनेर जम्मा गर्न सकिन्छ भन्ने जान्नु पर्छ। उस्ले आफ्नो जमिनमा के खेती लगाउने हो भन्ने जान्नु पर्छ। उस्को बालिमा रोग लाग्दा सरकारले सहयोग गर्नु पर्छ। जब किसान सचेत हुन्छ, उस्ले कोस्टारीका, भेनेन्जुएला, चीन, क्युवा, भारतको पन्जाब र केरलामा जस्तो आफै सहकारी निर्माण गरेर चक्ला बन्दीको बाताबरण बनाउंछ भन्ने मन्त्री ज्युले त बुझेकै होलान, तर तेसोगर्यो भने मानिस कृषिमा लागेर अरब जान बन्द गर्छ्न भन्ने डर यहाँका बिदेश रोजगारका मालिकलाई थाह छ। ती त नेता र पुजिंपतीका कम्पनी हुन। तिन्को रक्षा त बिदेशी कर्पोरेसन र अर्थ मन्त्रालयले गरेकै हुन्छ। उन्लाइ सलाह दिनेले बताएको होला “हजुर किसानलाई त पैसापो पठाउनु पर्छ।”

एता शिक्षा मन्त्रालयले उच्छ शिक्षा विधेक तयार गरेको रहेछ। तेस्मा बिस्वबिधालय खोल्न २/४ सय रोपनी जमिन र थुप्रै करोड पैसा चाहिने रहेछ। जिल्लाका मानिस मिलेर बिश्वबिद्धालय खोल्न नहुने रहेछ, तेस्मा पनि कर्पोरेसननै चाहिने रहेछ।

नाओमि लेख्छिन, मानिसमा भ्रम जब सकिन्छ, उस्ले इतिहासको बिश्लेषण गर्न थाल्छ। उस्ले सत्य भेट्छ। ३० बर्ष पछि पिनोचेको सत्ता सकियो। अर्जेन्टिनाका शाशकमाथि कारबाही भयो, न्यायाधीशले उन्लाइ आमहत्याको आरोपमा सजाय गरे। हाम्रो संस्कृतिले समयलाई चक्र मान्छ। देशबिगार्ने मानिसहरुलाई इतिहासले छोड्दैन। तर नेपालमा एउटा समस्या छ, नेपालीले प्रमाण खोज्दैन। भावनामा भड्किन्छ। उसलाई तत्काल परिवर्तन चाहिन्छ। उस्को क्रान्ति भनेको अरुलाइ बेसमरी गाली गर्नु हो। उस्लाइ समाज हांक्ने बिचारको खोजीको रहर लाग्दैन। मानिस गलत हुँदैन, गलत उस्ले बोकेको बिचारधारा र सोच हुन्छ। नाओमि भन्छिन, अमेरीकामा जुन रास्ट्रपति आंउदा पनि अर्काको सत्तापरिबर्तन गर्ने नीति गएन, किनकि त्यो बिचार हो नेता होइन कारण। नेपालमा गरिबलाई माया गर्ने भन्दा राणा हुन चाहने नेता र ६० किलोको माला लगाइदिएर चाकरी गर्ने कार्यकर्ताको बिगबिगी बिचारहिनताको परिणाम हो।

अमेरीकामा कोरोना भाइरस लागेको छ। ट्रम्प भन्छ्न “मानिस मर्छन भनेर उद्योग बन्द गर्न मिल्छ?” न्यु वोर्कका मेयर भन्छ्न, मानिस सङ्ग बांच्ने उपाए छैन। गरिबलाई दिइने कल्याणकारी सुबिधा मिल्टनले खाइदिए। उनी बांचीरहेका भए, कोरोनालाई पनि तर्साउने गरि बजारलाई अझै स्वतन्त्र गर्ने थिए। यता नेपालमा गीत त बझीरहेका छ्न “यो देश हाम्रो हो”। यदि तेसो हो भने, किन सरकारले गरिबलाई एक महिना पाल्ने दाइत्व नलिएको? किन कृषि मन्त्री ज्युले किसानका तरकारी बजारमा ल्याउने उपाए नसोच्नु भको? के गर्नु जमिन चक्लाबन्दि गर्न सकिएको छैन, तेसैले होला।

बामपंथी पार्टीलाइ गैंडालाई चिनी खुवाएर खाडलमा हाल्न खोजिंदै छ भन्ने थाह हुनु पर्ने हो। भबिस्यमा एउटा संकट आउन सक्छ भन्ने त ख्याल होलानै। ठुल्ठुला नेताले त सबै जानेकै हुन्छ, अझ नेपालमा नेताहरु सारै बिद्वान। तेसैकारण अहिले बिश्वबिद्धालयहरु आराममा नेताहरू सक्रिय।चिलीमा रास्ट्रपतिको कार्यलयमा तोप हानिएको थियो। रास्ट्रपतिले ढोकामा आएर जनतालाई संबोधन गरे। मलाइ मारे पनि म तानाशाह समक्ष आत्मसमर्पण गर्दिन। उन्ले ज्यान दिए। तेस पछी चिलीमा यातनाको राज्य शुरुभयो। एक जना चिनिया प्राध्यापकले १९१२ मा भनेका थिए, नेतृत्वहिन जनता बिबेकरहित हुन्छ। उ हल्लाका पछि हिडछ। क्लिक पैसा कमाउने पत्राकार जन्मिन्छ्न।सुन्सरीमा देखियो नि, हैन? फरि थुप्रै अनलाइन ले त कोरोना भन्दा राजनितीक बहस मन पराएका छ्न। सत्ताधारी र प्रतिपक्ष दुबैले राम्रो सङ्ग ख्याल गर्नु पर्ने हो कि! जनता बांचे मात्र देश रहन्छ। बिचारबिनाको राजनीति र बम्बेको कामतीपुर उस्तै हुन्छ्न। राजनीतिक दलहरू बिचारबिहिन हुँदा देशले दुख पाएको हो। सत्ता र बास्नाले लोभ्यांउछ। बास्ना पनि स्थायी हुँदैन सत्ता पनि स्थाइ हुँदैन। स्थाइ इतिहास हुन्छ, अंध्यारोमा लुकेर बस्छ, मौका परेपछि मर्ने गरि ठुङ्छ।

प्रतिक्रिया दिनुहोस