एउटै दृष्टि, भिन्न कोण

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

२०७७ बैशाख १२ गते शुक्रवार

काठमाडौँ । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।
उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस