एउटै दृष्टि, भिन्न कोण

दिल्लीमा अत्याधिक गर्मी, तापक्रम ४५ डिग्री सेल्सीयस पुग्यो

२०७७ जेष्ठ १३ गते मङ्गलवार

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ।

भारतमा पछिल्लो हप्ता तापक्रममा अत्यधिक बृद्धि हुँदै आएको छ। सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको भारतको मौसम विज्ञान विभागले  जानकारी दिएको छ।

विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ। विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन्।

अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ।  त्यसैगरी जनावर तथा चराचुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको विभागका अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस