नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूविरुद्ध कुप्रचार गरिएको बताएका छन्। उनले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गराउन लागि परेका दलालहरुले आफूविरुद्ध कुप्रचार गरेको बताएका हुन्।
सामाजिक सञ्जालमा शनिबार एक ट्विट गर्दै नेता रावलले भनेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्।’
उनले आफूले देशभक्तिपूर्ण अडान कहिल्यै नछाड्ने दृढता पनि व्यक्त गरेका छन्। ‘भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन’, रावलले भनेका छन् ।
मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।

— Bhim Rawal, PhD (@BhimRawal179) September 12, 2020