एउटै दृष्टि, भिन्न कोण

गंगादेवमा कांग्रेसको छाया सरकारः गाउँपालिकामा भएका योजनाहरुको खर्च विवरण माग

२०७७ भाद्र २९ गते सोमवार

नेपाली कांग्रेस (छाया सरकार) गंगादेव गाउँपालिका अनुगमण कार्यदल समितिको बैठकले बिभिन्न निर्णयहरु सार्वजनिक गरेको छ।

छाया सरकार प्रमुख हरिबहादुर पुनको संयोजकत्वमा बनेको कार्यदलले २०७४ सालदेखि गाउँपालिकामा गरेका कामको आय, व्याय माग गर्दै विज्ञप्ती जारी गरेको छ। गंगादेव कांग्रेसले गाउँपालिकामा हुने विकास निमार्णका कामहरु प्रभावकारी बनाउँन २१ सदस्य कार्यदल समेत गठन गरेको बताइएको छ।

गठित कार्यदलले २०७४ सालदेखि अहिलेसम्म गाउँपालिकामा भएका सबै आय, ब्याय सार्वजनिक नगरेको समेत स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस