प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । केही महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका छन्।
राम्रो काम गरिरहेको व्यक्तिलाई फेरि नियुक्ति नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै कुलमानलाई दोहोर्याउन प्रचण्डले आग्रह गरेको स्रोतले बतायो।
प्रधानमन्त्री ओली भने आफूले भारतसँग विद्युत किन्ने सम्झौता गरेकै कारण लोडसेडिङ हटेको भए पनि त्यसको सबै जस एउटा कर्मचारीले लिन खोजेको भन्दै कुलमानसँग असन्तुष्ट बनेका छन्।
त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ।