एउटै दृष्टि, भिन्न कोण

सुशान्त सिंह राजपुत दाइलाई काठमाडौं, पोखरा डुल्ने रहर थियो !

२०७७ भाद्र २९ गते सोमवार

बलिउडका युवा ढुकढुकी सुशान्त सिंह राजपूत (३४) जुन १४ तारिख मुम्बईस्थित आफ्नो घरको कोठामा मृत फेला परेका थिए। उनको मृत्युलाई लिएर अहिले विश्वव्यापी चासो बढेको छ। देशभित्र मात्र होइन, विदेशी सञ्चार जगतलगायत फिल्मी उद्योग र भारतीय राजनीति पनि उनको मृत्युलाई लिएर तंरगित छ। सुशान्तको मृत्युको दुई महिना बितिसक्दा पनि मुम्बई प्रहरीले कुनै रिपोर्ट सार्वजनिक गर्न सकेको छैन। बरु दिनहुँ उजागर भइरहेको नयाँ-नयाँ तथ्यले उनको मृत्यलाई थप रहस्यमय बनाएको छ।

उनको मृत्युलाई मुम्बई प्रहरीले सुरु दिनमै आत्महत्या घोषित गरेको थियो। तर, झुण्डिएर मरेको भनिएका सुशान्तको न झुण्डिएको भिडियो प्रहरीसँग छ, न तस्बिर नै। यसैबीच उनका पूर्वसहयोगी अंकित आचार्यले सुशान्तले आत्महत्या नभई उनको हत्या भएको दावी गरेका छन्। अंकितको दावीपछि मुम्बई प्रहरीको अनुसन्धानलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ।

अंकित नेपालीमूलका भारतीय हुन्। उनी ३ वर्ष सुशान्तसँग निकै नजिक भएर काम गरेका थिए। उनलाई सुशान्तले नभई उनको प्रेमिका रिया चक्रवर्तीले कामबाट हटाएकी थिइन। सुशान्तको मृत्युमा रियाको भूमिकालाई संदिग्ध मानिएको छ।

नेपालमा रहेको हिमाल तथा कृषिको अनुसन्धान गर्न सुशान्त नेपाल आउन खोजेको पनि अंकितले जानकारी दिएका छन्। उनलाई अहिले धम्की पनि आउन थालेको छ। सुशान्तको मुद्धामा गहिरो चासो देखाएको भन्दै उनलाई काम गरिरहेको ठाउँबाट समेत निकालिएको छ।

सुशान्तलाई आफ्नो अविभावक मान्ने यिनै अंकितसँग गरिएको अन्तर्वार्ताः 

अभिनेता सुशान्त सिंह राजपूतसँग तपाईको सम्पर्क कसरी भयो? र, उहाँको सहयोगी कसरी बन्नुभयो? 

– बलिउड ‘सेलिब्रिटी’ कहाँ काम गर्न थालेको पहिलेदेखि नै हो। पहिले म शाहरुख खानको घरमा पनि काम गर्थे। यसपछि सैफ अली खानको घरमा पनि काम गरे। यही काम गर्दा मलाई फिल्मी लाइनमा रुचि बढ्यो। अभिनेता कहाँ काम गर्दा काम सिक्ने अवसर प्राप्त हुन्छ भन्ने लाग्यो। म सुटिङमा जान थाले। एक दिन यस्तै फिल्मी नगरी जाँदा सुशान्त दाइको ड्राइभ फिल्मको सुटिङ भइरहेको रहेछ। यही पहिलो पल्ट भेट्ने अवसर पाए।
सुशान्त दाइ कहाँ काम गर्ने एक सहयोगी थिए। उनले नै मलाई दाइ कहाँ काम लगाइदिएका हुन्। यसरी नै म सुशान्त दाइसम्म पुगेको हुँ।

ब्यक्तिगत रुपमा सुशान्त सिंह राजपूतलाई कसरी चिन्नुहुन्छ?

– सुशान्त दाइ कर्ममा विश्वास गर्ने मानिस हुन्। उनी निकै राम्रो र मिलनसार ब्यक्ति थिए। खेल्न, लेख्न खुब रुचाउँथे। उनी आमाका बारेमा केहिँ न केहिँ प्रायः लेखिरहेका हुन्थेँ। उनीसँग धेरै किताब थिए, पढ्ने कुरामा त किरा नै हुन्। नयाँ–नयाँ किताब पढ्न रुची थियो।

सुशान्त दाइ दुई हातले पनि लेख्न सक्थे। म उनी कहाँ बस्दा कहिल्यै कामदारका रुपमा मलाई हेरेनन्। उनी दिलदार र सहयोगी थिए। मलाई पनि गीत गाउँन मन लाग्छ। सुशान्त दाइ पनि गीत मन पराउने। हामीहरु सँगै गीत गाउथ्यौं। सँगै खेल्ने, खाने, डुल्ने, रमाइलो गर्ने दाइको बानी थियो। मलाई सुशान्त दाइको सबैभन्दा राम्रो लाग्ने बानी उनी कहिल्यै रिसाउँदैन्थें। कहिलेकाहिँ रिसाए पनि ५ मिनेट मात्र।

तपाई सुशान्तसँग कति समय बस्नुभयो?

– मैले सुशान्त दाइ कहाँ लगभग तीन वर्ष काम गरे। २०१७ जुलाईदेखि २०१९ सम्म उनीसँगै बसे। दाइसँग म बहुत नजिक थिए। उनले मलाई सानो भाई जस्तै मान्थें। सुशान्त दाइसँग मेरो परिवार जस्तै घुलमिल थियो।

सुशान्तको कस्ता सपनाहरु थिए? कहिलेकहिँ तपाईसँग यस्ता कुराहरु हुन्थें?

–सुशान्त दाइको कृषि फार्मिङ गर्ने ठूलो सपना थियो। र उनको हलिउडमा काम गर्ने सपना थियो। सुशान्त दाइलाई गेम खेल्न मन थियो। गरिब बालबालिकाको शिक्षाका लागि ‘सुशान्त फर एजुकेशन प्रोग्राम’ लाई देशव्यापी बनाउने सोच थियो। यस्ता कुराहरु हुन्थे।

सुशान्तसँग यस्तो राम्रो सम्बन्ध रहेछ? तपाई, किन घरबाट बाहिरिनु भयो?

– त्यस्तो होईन। म चार महिनाको छुट्टीमा राजस्थान गएको थिए। पछि मुम्बई फर्किए र सुशान्त दाइको घरमा पुग्दा मलाई गेटबाट नै भित्र जान दिइएन। मैले गार्डलाई सोधे – उसले भन्यो सापले नयाँ मान्छे राखिसके। पछि थाहा पाए, पुराना सबै कामदार हटाइसकेका रहेछन्। दाइलाई पटक–पटक फोन गर्ने प्रयास गरे। तर, लागेन। अहिले महसुस गर्छु– यो सबै योजना रहेछ कि?

उहाँसँग त्यसपछि तपाईको कहिल्यै भेट भएन?

– भयो। अन्तिम पटक जब मैले सुशान्त दाइलाई भेटे, मलाई लाग्छ– उनी तनाबमा थिए। पहिले जस्तो लागेन– मलाई। म धेरै उनीसँग पनि बोलिन। उनको अनुहार बिग्रिएको थियो। यो नै अन्तिम भेट भयो।

तपाईले सुशान्तको हत्या नै भएको भन्ने दाबी गर्नुभएको छ? मृत्युको खबर सुन्दा कहाँ हुनुहुन्थ्यो?

– म अन्धेरीस्थित कोठामा थिए– त्यो समय। १४ जुनको कुरो हो, म २ बजेतिर फिल्म हेरिरहेको थिए। मेरो म्यासेजमा अचानक कोलकत्तादेखि मेरो साथीले कुनै न्यूजको लिंक पठायो। खोलेर हेर्दा सुशान्तको आत्महत्या भन्ने न्यूज बेंक्रिङ चलिरहेको थियो। कपडा चेन्स गरे। अनि, कार लिएर उनको बान्द्रास्थित घरको बाहिर पुगे। सुशान्त दाइको घर मिडियाले घेरिएको थियो। प्रहरी आइसकेको रहेछ। फ्यानहरुको ठूलो भिड थियो– त्यहाँ।
म त्यहाँ पुग्दा निकै नर्भस थिए। भित्र गइन। बाहिरबाटै रुँदै फर्किए। दुई दिन खान मन लागेन। सोचे यस्तो राम्रो मान्छे किन आत्महत्या गर्थे, हत्या नै हुनुपर्छ।

मृत्युको खबर सुनेपछि तपाईलाई विश्वास लागेको थियो?

– मलाई विश्वास लाग्ने कुरै थिएन।  कसरी पत्यानु त्यति राम्रो, इमान्दार र रमाइलो मान्छेले यस्तो गर्ला भनेर। आत्महत्या होइन भन्ने लागेर नै मैले सुशान्त दाइको हत्या हो भन्ने कुरा उठाएको छु। मलाई पूर्ण विश्वास छ कि– यो हत्या नै हो।

अर्को कुरा म काम गरिरहेको थिए। सुशान्त दाइको कुरा उठाउँदा मेरो जागिर पनि गयो। किनकी मालिकले चारैतिर ठूला–ठूला मिडियामा देखेपछि, अब तेरो सीबीआईमा पनि अनुसन्धान हुन्छ, भन्यो। उँ डराएर मलाई जाँ भन्यो अनि म हटे। मलाई लाग्यो सुशान्त दाइलाई न्याय दिलाएरै छाड्छु। मैले पनि मृत्युपछिका तस्बिरहरूको अनुसन्धान गरिरहेको थिए। त्यसैले बोलेको हुँ।

सुशान्त प्रकरण अनुसन्धानकै क्रममा छ। तर, तपाईको ‘आत्महत्या होइन, हत्या हो’ भन्ने भनाईले पछिल्लो समय बलिउड र भारतीय संचारमाध्याममा तरंग ल्याएको छ। तपाईको भनाईप्रति कति सत्यता छ?

– म जतिबेला सुशान्त दाइसँग बसे। त्योबेला राम्रो नै थियो। अघि पनि भने मृत्युपछिका तस्बिरहरु अनुसन्धान गरे। मसँग ४–५ वटा फोटोहरु छन्। ती फोटोहरु राम्रो नियाले खुट्टाहरु तिर पनि राम्रो छ। तर, टाउको अनि आँखामा चाहिँ कसैले पन्च हिर्काएको जस्तो देखिन्छ। रातो देखाइरहेको छ। तल घाँटीमा उनको बेल्टले घोचेको छ। उनीसँग एउटा प्रिय कुकुर थियो। मेरो काम त थिएन तर म त्यहाँ बस्दा कुकुर पनि डुलाउँथे– कहिलेकाहिँ त्यो बेल्ट मैले पनि कुकुरलाई लगाइदिएको छु। त्यसकारण सुशान्त दाइको गलामा बेल्टको निशान राम्रोसँग देखिन्छ। अनि मैले थाहा पाइहाले। अर्को कुरा फाँसी झुन्डिएको मानिसका आँखाहरु बाहिर आउँछन्। थुक आउँछ तर, दाइको त्यो त थिएन। यी सबै देखेपछि मलाई लाग्यो, मेरा कुराहरुमा सत्यता छ। कोठा लक गरेको कुरा पनि आएको छ। सुशान्त दाइले ढोकामा कहिल्यै लक गरेनन्। मलाई राम्रोसँग थाहा छ।

 अनुसन्धान मुम्बई प्रहरी, बिहार प्रहरी हुँदै सीबीआईसम्म पुगेको छ। के सुशान्तको परिवारले न्याय पाउँलान?

– अहिले मुद्धा सीबीआईमा गएको छ। मलाई सीआईबीले बोलायो भने बयान दिन जानेछु। मलाई कुनै डर छैन। पूर्ण रुपमा सुशान्त दाइलाई न्याय दिलाएरै छाड्नेछु।

 यो प्रकरणमा सबैभन्दा दोषी कसलाई देख्नुहुन्छ?

– अँ…। मैले अहिलेसम्म कसैलाई आरोप लगाएको त छैन। यो मेरो काम पनि होइन तर, म यत्ति चाहिँ भन्न सक्छु – यो आत्माहत्या होइन। यो हत्या हो। मैले पनि आफ्नैतर्फकाट अनुसन्धान गरिरहेको छु।

सुशान्तको न्यायका लागि तपाईले आवाज उठाइरहनु भएको छ? तपाईलाई कहिँकतैबाट डर, धम्कि आएको त छैन?

– अहिलेसम्म कतैबाट डर, धम्कि आएको छैन। ठूला मिडियाले पनि डर, धम्कि आयो भने हामीलाई भन्नु भनेका छन्। सुशान्त दाइलाई न्याय दिने कुरामा मलाई डर छैन। मलाई लाग्छ,म झन् एउटा इमान्दार कलाकारको न्यायका लागि बोलिरहेको छु। यसमा अझ् सहयोग हुनुपर्छ।

अन्त्यमा, सुशान्त नेपाल र नेपालीका बारेमा केहिँ भन्नुहुन्थ्यो? नेपालका बारेमा कहिलेकाहिँ कुराहरु हुन्थें?

– बिचरा! नेपाल पनि घुम्न जाने कुरा थियो। मलाई सुशान्त दाइले भन्थे– हामीहरु नेपाल घुम्न जाने, हिमालय पर्वत पुग्ने। बिचराको नेपाल पुग्ने सपना पनि पुरा भएन। सुशान्त दाइलाई खेतीमा खुब रुचि थियो। नेपालमा कस्तो खेतीहरु हुन्छ, हेर्न जाने भन्नुहुन्थ्यो। काठमाडौं, पोखरा जाने रहर थियो– पर्यटक जस्तै बनेर।

प्रतिक्रिया दिनुहोस