एउटै दृष्टि, भिन्न कोण

भारत–चीन युद्धः जहाँ गोली सकिएपछि नेपाली खुकुरी चम्कियाे

२०७७ भाद्र २९ गते सोमवार

भारत–चीनबीच सन् १९६२ मा पहिलाे पल्ट युद्ध भएकाे थियाे। यसकाे ५ वर्षभित्र १९६७ मा चोला र नाथूला क्षेत्रमा पुन: दुई देशका सैनिक एकआपसमा भिडेका थिए।

त्यो बेला र अहिलेको आक्रमणमा कुनै फरक नभएको भारतीय सञ्चारमाध्यमले बताइरहेका छन्। त्यति बेला पनि विवाद बढेपछि वार्ता सुरु भइरहेकाे थियाे–एक्कासी युद्ध भयाे। भारत–चीन लडाई १० दिन चलेकाे थियाे। भारतीय सैनिक लडाईको तयारीमा थिएनन्। किनकी, वार्ता चलिरहेकाे थियो।

पूर्ण तयारी बिना लडाईमा उत्रिएको भारतीय सैनिककाे गोली सकिएपछि– गोर्खाली सेनाले युद्ध मैदानमा खुकुरीकाे भरमा लडेका थिए। गाेर्खालीहरु राजपूताना राइफल्स ग्रेनेडियर्ससँग मिलेर चिनियाँ सैनिकसँग युद्धमा समावेश भएका थिए।

खुकुरीको सहारामा लडेको गाेर्खाली सेनाले थ्रुपै चिनियाँ सैनिकलाई मारेकाे भारतीय अखबारहरुले लेखेका छन्। सन् १९६७ को त्यो युद्धमा तत्कालिन गोर्खा रेजिमेन्टका कृष्ण बहादुर र देवी प्रसाद राजपूताना रेजिमेन्टका मेजर जोशी, कर्नल राई सिंह, मेजर हरभजन सिंह  र ग्रेनेडियर्सका सैनिकले अस्मरणीय युद्ध लडेको भारतीय रक्षा जानकार अहिले पनि बताउँछन्।

खुकुरीकाे दममा लडेकाे गाेर्खाली सेनाकाे अद्मय साहासका कारण ३४० चिनियाँ सेनाकाे ज्यान गएकाे थियाे। यति बेला भारततर्फ ८८ जवानले ज्यान गुमाए।

सन् १९६२ जस्तै याे युद्ध लामाे भएन। १९६२ मा एक महिना युद्ध लम्बिएकाे थियाे। त्यति बेला चिनियाँ सेना आसामकाे तेजपुरसम्मै आइपुगेका थिए। तर, १९६७ मा गाेर्खाली सेनाकाे सहासका कारण भारतीय शहरसम्म चिनियाँ सेना घुस्न पाएनन्।

प्रतिक्रिया दिनुहोस